2026-10-18 03:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तेह्रथुमका पहिरो पीडितलाई राहत हस्तान्तरण

साउन १४, तेह्रथुम । कुलो थुनिएर गएको पहिराले घर पुरिँदा आमा र छोराछोरी गुमाएका म्याङ्लुङ नगरपालिका–५, आम्दिमका सोमकुमार सोदेम्बाको परिवारलाई शुक्रबार राहत प्रदान गरिएको छ । 

सोदेम्बाको परिवारलाई जिल्ला दैवीप्रकोप उद्धार समितिले रु तीन लाख ३० हजार र समाजसेवी राधिका पोखरेलले रु २० हजार राहतस्वरुप प्रदान गर्नुभएको हो । सदरमुकाम म्याङ्लुङमा पोखरेलले पहिरोपीडित परिवारलाई पठाएको सहयोग रकम रु २० हजार प्रजिअ वेदनिधि खनालले पीडित सोदेम्बाको परिवारलाई हस्तान्तरण गर्नुभयो । 

प्रजिअ खनालले उद्धार समितिले पीडित परिवारलाई राहत, क्षतिपूर्ति र काजकिरिया खर्चबापत एकमुष्ट रकम उपलब्ध गराइएको बताउनुभयो । गत असार १७ गते घरमाथिको कुलो थुनिएर पहिरो जाँदा सोदेम्बाको घर पुरिएको थियो । पहिराले सोदेम्बाका आमा ५० वर्षीया कुमारी, छोरी १२ वर्षीया प्रीति र छोरा नौवर्षीय प्रेमको ज्यान गएको थियो । 

घर पुरिँदा घाइते भएका ३६ वर्षीय सोदेम्बा उपचाररत छन् । मंगलबार मात्रै उनकी छोरी प्रियाको हातको शल्यक्रिया भएको छ । उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । 

घरसहित परिवारका सदस्य नै गुमाएका सोदेम्बाको परिवार अर्थ अभावले पिल्सिरहेको छ । उहाँको परिवारको पीडा शान्त पार्न आफूले सहयोग गरेको जिल्लाकै सोल्मा घर भई हाल अष्ट्रेलियामा कार्यरत पोखरेलले बताउनुभयो । पीडित परिवारले भने सरकारबाट तर्फबाट आफूले पाउने राहतसमेत पाउन ढिलाइ भएकामा गुनासो गरेको छ । परिवारका खातामा राहत रकम जम्मा भइसके पनि झिक्न नपाएको सोदेम्बाले गुनासो गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु