९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

दिपायलमा हुन लागेको “सुदुर पश्चिम क्षेत्रीय महोत्सव २०७२” को तयारी तिव्र

८ फाल्गुन २०७२, शनिबार ०५:२६

प्रकाश बम/ फागुन ८, डोटी । सुदुर पश्चिमको क्षेत्रिय सदरमुकाम दिपायलमा आयोजना हुन लागेको “सुदुर पश्चिम क्षेत्रीय महोत्सव” को तयारी तिव्र अगाडी बढेको छ । महोत्सव आउन अब केहि दिन मात्र बाँकि रहदा तयारी तिव्र रुपमा अगाडी बढाएको डोटी उद्योग बाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्काले जानकारी दिनु भयो ।

करीब ५० प्रतिशत तयारी गरी सकेको समेत उनले जानकारी दिनु भयो । तयारीका क्रममा सम्र्पुण पदाधिकारी,सल्लाहाकार,आयोजक समितिका लगाएतका काममा लागिरहेको खड्काले बताउनु भयो ।

महोत्वसको ब्यवस्थापनका लागि १८ वटा समितिहरु समेत गठन गरीएको उनले जानकारी दिनु भयो । फागुन २१ गते देखि ३० गते सम्म दिपायलको पिपल्ला बजारमा महोत्वबको आयोजना हुदैछ । कुल ५० लाख खर्च अनुमान गर्न लागिएको महोत्सबको खर्चका लागि अर्थ संकलन कार्य जारी रहेको आयोजक संस्थाले जनाएको छ । उद्योग बाणिज्य संघको मुख्य आयोजनमा हुने महोत्वसको आयोजकमा उद्योग बाणिज्य महासंघ रहेको उद्योग बाणिज्य संघका सदस्य दिपक खड्काले जानकारी दिनु भयो ।

यस्तै सह आयोजकमा जिल्ला कृषि बिकास कार्यलय डोटी,साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजना रहेका छन् । महोत्सबको मुख्य प्रायोजकमा प्याक्ट डोटी,प्रायोजकमा शैलेश्वरी यातायात व्यावसायि समिति डोटी,सह प्रयोजकमा वल्र्ड भिजन ईन्टरनेशनल नेपाल डोटी र होटल व्यावसायी संघ डोटी रहेका छन् । प्रद्र्धकमा जिल्ला विकास समिति डोटी,दिपायल सिलगढी नगरपालिका डोटी, डोटीका ५० वटै गाविस र घरेलु तथा साना उद्योग विकास सतिति डोटी रहेका छन् ।

यस्तै अफिसियल मिडियामा एभिन्यूज टेलिभिजन,त्रिबेणि एफएम,शैलेश्वरी एफएम, दियायल पोष्ट राष्ट्यि दैनिक,नेपाल पथ दैनिक र रफ्तार न्युज दैनिक रहेका छन् । अफिसियल होटलमा होटल यात्रि प्लाजा,होटल बर्षा,होटल सत्कार,होटल भागेश्र,होटल रिभर साईड,होटल न्यू एरा र होटल भिभोटी धनगढी रहेका आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो