२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

बच्चा जन्माउन नसक्दा महिलाको मृत्यु

२०७४, १४ श्रावण शनिबार १२:२४

साउन १४, कालीकोट । जिल्लाको रास्कोट नगरपालिका–६ निवासी एक महिलाले बच्चा जन्माउन नसक्दा मृत्यु भएको छ । 

आज बिहान सुत्केरी गराउन जिल्ला अस्पताल कालीकोटमा ल्याइएकी गोरीकला फर्सालको उपचारका क्रममा जुम्ला लैजाने क्रममा मृत्यु भएको छ । 

जिल्ला अस्पताल कालीकोटमा उपचार गर्न नसकिने बताएपछि कर्णाली स्वस्थ्य विज्ञान प्रतिष्ठान जुम्ला लैजाने क्रममा बाटोमा उनको मृत्यु भएको श्रीमान् रामबहादुर फर्साललाई उद्धृत गर्दै सिंहराज फर्सालले बताउनुभयो । मृतक गोरीकला फर्सालका पाँच छोरी रहेको बताइएको छ । 

जिल्ला अस्पताल कालीकोटका अनुसार गएको महिना बच्चा जन्माउन नसक्दा एक महिलाको मृत्यु भएको थियो । 

तिलागुफा नगरपालिका निवासी एक महिलालाई सरकारले हेलिकप्टरबाट कोहलपुर मेडिकल कलेज ल्याउँदा मृत्यु भएको थियो । जिल्ला अस्पताल कालीकोटका प्रमुख रवीन खड्काले स्रोत साधनको अभावका कारण उपचार गर्न नसकिएको बताउनुहुन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते