९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

बिधुत प्रसारण लाइनको निर्माणमा स्थानीयको अवरोध

१६ श्रावण २०७४, सोमबार ०४:५३

साउन १६, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ रातोपानीका बासिन्दाले विद्युत् प्रसारण लाइनको टावर निर्माण कार्यमा अवरोध गरेका छन् । 

नेपाल विद्युत् प्राधिकरणअन्तर्गत २२० केभी क्षमताको खुर्कोट–दाना प्रसारण लाइनअन्तर्गत घारको रातोपानीमा टावर राख्ने पूर्वाधार निर्माणका क्रममा अवरोध गरेका हुन् । 

आयोजनाले स्थानीय बासिन्दालाई कुनै जानकारी नदिई सर्वेक्षण गरेको भन्दा फरक ठाउँमा टावर राख्न खोजेकाले तत्काललाई काम गर्न रोकिएको स्थानीयवासी लोक खत्रीले बताउनुभयो । निर्माण कम्पनी र आयोजनाले पूर्वजानकारी नदिई डोजर ल्याएर एक्कासि टावरको जग खनेको स्थानीयवासीको गुनासो छ । 

उनीहरुले बस्तीलाई असर नपर्ने ठाउँमा टावर राख्न र प्रसारण लाइन लैजाने आयोजनालाई अनुरोध गरेका छन् । अहिले बनाउन लागिएको ठाउँमा टावर राख्दा वरपरका २० घरधुरी विस्थापित हुने खत्रीले बताउनुभयो । 

स्थानीयवासीको अवरोधपछि आयोजनाको काम रोकिएको छ । ३० कामदार र एकवटा डोजर त्यहाँ परिचालन भएका थिए । अन्नपूर्ण गाउँपालिका–६ का वडाध्यक्ष कृष्णप्रसाद बरुवालले प्रभावित क्षेत्रको बासिन्दा र आयोजनाबीच छलफल गरेर समस्या समाधानका लागि पहल भइरहेको बताउनुभयो । 

कालीगण्डकी कोरिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत नेपाल विद्युत् प्राधिकरणले पर्वतको खुर्कोट र म्याग्दीको दानामा सब स्टेसनका साथै ३८ किलोमिटर दूरीको प्रसारण लाइन निर्माणको काम गरिरहेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो