२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

व्यवस्थित बन्दै मुस्लिम समुदायको कब्रिस्तान

१६ श्रावण २०७४, सोमबार ०५:१३

साउन १६, पाल्पा । करिब एक सय वर्षअगाडि देखि प्रयोगमा आएको मुस्लिम समुदायको दाहसंस्कार गर्ने कब्रिस्तान अहिले व्यवस्थित बन्दै गएको छ । 

रामपुर नगरपालिका–४ को इस्लामपुरमा रहेको कब्रिस्तानमा अहिले घेराबार गरेपछि व्यवस्थित बनेको हो । करिब ६३ रोपनी क्षेत्रफलमा फैलिएको कब्रिस्तानको ५० रोपनी क्षेत्रफल घेराबार गरेपछि यसको मुहार फेरिँदै गएको छ । 

घेराबार नगर्दासम्म खुल्ला चौरमा छरपस्ट रुपमा शव गाडिने गरिन्थ्यो । खुल्ला चौरमा माटोमुनि गाडिएका शवहरु कुकुर, स्याल, चराचुरुङ्गी लगायतका जनावरले खोतलेर खाने गरेको भेटिन्थ्यो । 

यसले गर्दा यस क्षेत्रको वातावरण दुर्गन्धित बन्न थालेपछि मुस्लिम समुदायले घेराबार गरी व्यवस्थित बनाएका हुन । 

साबिक जिल्ला विकास समितिबाट रु चार लाख, रामपुर नगरपालिकाको रु चार लाख, २०० स्थानीयवासीको जनश्रमदान र ८०० जना मुस्लिम समुदायका सदस्यबाट प्रतिव्यक्ति रु ५०० रकम संकलन गरी कुल रु ३० लाखको लागतमा पक्की घेराबार गरिएको कब्रिस्तानका सल्लाहकार हमिद अलिमियाँले बताउनुभयो । 

आर्थिक अवस्था नाजुक परिवारले माथिबाट माटोले पुरेर गाडेका शव असुरक्षित भएपछि समुदायले नै आर्थिक रकम जुटाएर कब्रिस्तानको चारै दिशा वरिपरि घेराबार गरिएपछि शव सुरक्षित बनेको मुस्लिम समुदायका अगुवा हलिमा खातुनले बताउनुभयो । 

एउटा शव दाह संस्कार गरेको स्थानमा ५० वर्षको अन्तरालमा अर्को शव सोही स्थानमा दाह संस्कार गर्न सकिने कब्रिस्तानका सचिव महम्मद खली बताउनुहुन्छ । 

मुस्लिम समुदायको दाहसंस्कार गर्ने कब्रिस्तानका विषयमा केही समय त्यस क्षेत्रका हिन्दू समुदाय र मुस्लिम समुदायबीच विवाद निस्कँदा पनि कब्रिस्तान व्यवस्थापनमा समस्या परेको थियो । 

दुई वर्षअगाडि सो जग्गाका विषयमा दुवै समुदायबीच समस्या सुल्झिएपछि कब्रिस्तानलाई घेराबार गरेर व्यवस्थित बनाउँदै लगेको अध्यक्ष महम्मद अली बताउनुहुन्छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु