कैलाली । कैलालीमा सुस्तमनस्थितिकी किशोरीलाई बलात्कार गरेको आरोपमा १६ वर्षीय किशोर पक्राउ परेका छन् ।
बुधबार साँझ साढे ४ बजे कैलारी गाउँपालिका-८ बस्ने किशोरले १५ वर्षीया मानसिक रूपमा सुस्तमनस्थितिकी किशोरीलाई बलात्कार गरेको भन्दै खबर प्राप्त भएपछि खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरिएको हो ।
प्रहरीले किशोरलाई पक्राउ गरेर नियन्त्रणमा राखिएको बताएका छन् । पीडित किशोरीलाई स्वास्थ परीक्षणका लागि सेती प्रादेशिक अस्पताल पठाइएको छ ।