९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

शुद्ध खानेपानीको पर्खाइमा शिवराजवासी

१६ श्रावण २०७४, सोमबार ०८:४०

साउन १६, कपिलवस्तु । ग्रामीण क्षेत्रको रुपमा रहेको कपिलवस्तुको पश्चिमी क्षेत्रस्थित शिवराज नगरपालिकाको मुख्य शहर चन्द्रौटा बजारबासीका लागि अझैसम्म पनि सफा खानेपानीको व्यवस्था हुन सकेको छैन । 

नगरपालिकाभित्रका ११ वटा वडामा शुद्ध खानेपानीको व्यवस्था नहुँदा यहाँका जनताले अर्सेनिकयुक्त पानी पिउन बाध्य हुँदापनि नगरपालिकाले खानेपानीको लागि कुनै पहल नगरेको स्थानीयबासी मोहम्मद खाँनले गुनासो गर्नुभयो । 

खानेपानी संस्थानको शाखा कार्यालयले चन्द्रौटामा कहिलेकाँही सफा पानी वितरण गरेपनि प्राय आर्सेनिकयुक्त पानी वितरण गरेको स्थानीयवासी रामविलास थारुले बताउनुभयो । 

नगर प्रमुख नेत्रराज अधिकारिले अब नगरवासीका लागि शुद्ध खानेपानी पिलाउन पहल भइसकेको जानकारी दिनुभयो । 

नयाँ योजना ठेकेदारले समयमै पूरा गर्न नसकेको र पुराना पाइपमा फोहोर जम्मा भएका कारण यस्तो समस्या स्थानीयवासीले भोग्नु परेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष तौफिक खाँनले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो