बझाङमा शनिबारदेखि बेपत्ता भएका बोहरा मृत फेला

Posted on: 31 Jul, 2017

सम्राट सिंह/साउन १६, बझाङ । शनिबार बिहान देखि घरबाट वेपत्ता भएका बोहरा मृत अवस्थामा फेला परेका छन । 

सुर्मा गाँउपालिका २ डोग्रीका घर भएका  ५२ वर्षिय जयगिरी बोहराका आइतबार बिहान मृत भेटिएका हुन । सुर्मादेवी विद्युत प्रालीको पावर हाउस नजिकै खोलामा बोहराको शव भेटिएको हो । 

घरायसी तनावका कारण बोहराले आत्महत्या गरेको हुन सक्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  बोहरा शव जिल्ला अस्पताल बझाङमा पोष्टमार्टम गरी दाहसंस्कार गरेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!