माधव बेल्वासे/साउन १६, चन्द्रौटा । पश्चिम नेपाल ग्रामीण खानेपानि  तथा सरसफाई  दोस्रो चरण कार्यन्वयन लागि कपिलवस्तुको  विजयनगर गाउपालिका र स्थ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माधव बेल्वासे/साउन १६, चन्द्रौटा । पश्चिम नेपाल ग्रामीण खानेपानि  तथा सरसफाई  दोस्रो चरण कार्यन्वयन लागि कपिलवस्तुको  विजयनगर गाउपालिका र स्थ"/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

खानेपानि तथा सरसफाइको लागि समझदारी पत्रमा हस्ताक्षर

१६ श्रावण २०७४, सोमबार १६:३९


माधव बेल्वासे/साउन १६, चन्द्रौटा । पश्चिम नेपाल ग्रामीण खानेपानि  तथा सरसफाई  दोस्रो चरण कार्यन्वयन लागि कपिलवस्तुको  विजयनगर गाउपालिका र स्थानिय पुर्वधार विकास तथा कृषि सडक विभाग बिच समझदारि पत्रमा हस्ताक्षर समारोह समपन्न भएको छ ।

नेपालका १४ वटा जिल्लामा संचालित परियोजना यसपटक देखि स्थानिय निकाय वाटै संचालन हुने भएको छ ।जिल्लाको सुदुरपश्चिम क्षेत्रमा रहेको विजयनगर गाउपालिकामा खानेपानि सरसफाई तथा स्वच्छता गर्नको लागि यो समझदारि भएको हो ।

परियोजना लागु भएको क्षेत्रमा वासिन्दाहरुको  लागि खानेपानी र  सरसफाईमा समान पहुच पुराई,स्वस्थ्य तथा सामाजिक र आर्थिक अवस्था  सुधार गर्ने र परियोजना लागु भएका स्थानिय निकायमा खानेपानि सरसफाई तथा स्वच्छता कार्यक्रमलाई सहयोग गर्ने उद्देश्य रहेको छ ।

नेपाल सरकारले २०१७ सम्ममा खुल्ला दिशा मुक्त घोषण गर्ने लक्ष्य अनुरुप फिनल्याड  सरकार र नेपाल सरकार विच २०७० सालमा ५ वर्षको लागि ८७ स्थानिय निकायमा सम्झौता भएको थियो । 

पुन सोहिको लागि एक वर्ष अवधि वढेको छ ।समझदारी २०७६ अषाढ मसान्त रहने,गाउपालिका नगरपालिका वास कार्यक्रम कार्यान्वयन तथा परियोजना अवधि पश्चात् निरन्तरता दिने समझदारी पत्रका प्रमुख पक्ष रहेको छ ।समझदारि पत्रमा गाउपालिकाका प्रमुख गोपाल थापाले हस्ताक्षर गरे ।

विजयनगर गाउपालिकाको लागि यो परियोजना वाट ५५ लाख ८४ हजार वजेट रहेको छ । कार्यक्रममा परियोजनाको परिचय उद्देश्य अनुगानका प्रकृया,कार्यसम्पादनको मुल्याङकन लगाएतका वारेमा खानेपानी विज्ञ तेज ओझा र विपिन पौडेलले जानकारि दिए ।  

कार्यक्रमका अध्यक्ष विजयनगर गाउपालिका प्रमुख गोपाल थापाले २०६७  साल देखि नै खुल्ला दिशा मुक्त क्षेत्र घोषणमा लागेको वताए ।थापाले विजयनगर गाउवासिहरुलाई शौचालय  निमार्ण अभियानमा सवै लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा गाउपालिकाका प्रमुख गोपाल थापा ,उपप्राुख लक्ष्मि थारु,कार्यकारि अधिकृत रविन्द्र चौधरि ,खानेपानी विज्ञ तेज ओझा र जिल्ला वास सहजकर्ता विपिन पौडेल, अर्जुन वेल्वासे लगाएत सम्पुर्ण वडाका वडा अध्यक्ष,सदस्य लगाएतको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो