दान बहादुर बुढा/साउन १६, मुगु । हिन्दु धर्मालम्वीहरुका चार प्रशिद्ध धाम मध्ये जनै पुर्णिमाका लागी मुगुमा रहेको छाया नाथ धामका मुर्तिहरु आज सोमवार विधिवत रुप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दान बहादुर बुढा/साउन १६, मुगु । हिन्दु धर्मालम्वीहरुका चार प्रशिद्ध धाम मध्ये जनै पुर्णिमाका लागी मुगुमा रहेको छाया नाथ धामका मुर्तिहरु आज सोमवार विधिवत रुप"/>

२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

जनै पुर्णिमामा छाँयानाथ धामको मुर्ती मेला शुरु

२०७४, १६ श्रावण सोमबार १६:४५


दान बहादुर बुढा/साउन १६, मुगु । हिन्दु धर्मालम्वीहरुका चार प्रशिद्ध धाम मध्ये जनै पुर्णिमाका लागी मुगुमा रहेको छाया नाथ धामका मुर्तिहरु आज सोमवार विधिवत रुपमा पुजा पाठ गरि छाया नाथ तर्फ लगिएको र छाँयानाथमा जनै पुर्णमा मेला शुरु भएको छ ।

 छायानाथमा बाह्रै महिना हिउ पर्ने र अत्याधिक जाडो हुने भएकाले मन्दिरमा बस्न नसकिने हुँदा त्यसको प्रतिक स्वरुप सदरमुकाम गमगढी नजिक रहेको छाँयानाथ रारा नगरपालिका  चैन गाउँमा मन्दिर स्थापना गरिएको र हरेक वर्षको जनै पुर्णिमाका वेला शिव, पार्वती, गणेश, शेष नाग लगायतका मुर्तिहरु नुहाउन छाँयानाथमा लिने गरेका हुन ।

 मन्दिरका पुजारी पूर्ण प्रसाद चौलागाईका अनुसार ।जनै पुर्णिमाका वेला छाँयानाथ तिर्थ यात्रा शिव बाट सत्यदेबीको अंगको सेसरहेको ठाँउको यस स्थानमा पिचारोर महादेबको बास स्थान रहेको ठाँउ शिव, सत्यदेबी,बृैद्घ, लगाएतका महादेब रहने र छायानाथको दर्शन गर्न कर्णाली अञ्चलका पाँच जिल्ला दैलेख, सुर्खेत, जाजरकोट, बाजुरा ,अछाम लगायतका २६ जिल्ला र भारतबाट समेत तिर्थालुहरु छायानाथको दर्शन गर्न आउने गरेको पुजारीको भनाई छ । 

साउन शुक्ल प्रतिपदा देखि नै तिर्थालुहरु छायानाथ दर्शनका लागि जाने गर्दछन । 

समुन्द्री सतह देखि ६ हजार मिटर भन्दा बढि उचाईमा रहेको छायानाथ मन्दिरमा जनै पुर्णिमाका विहानसम्म पुजापाठ गर्दै हिन्दु धर्मालम्बीहरु बस्छन भने जनै पुणिमाको बेलुका सदरमुकाम तर्फ मुर्ति फर्काउने परम्परा रहेको छ ।

 छायानाथ जिल्लाको पुर्वी कार्मारोङ्क गाउपालिकाको  डोल्फु गाँउमामा पर्छ भने त्यहाँ पुग्न सदरमुकाम देखि तिन दिनको पैदल यात्रा पछि पुग्न सकिन्छ । करान भेगमा बौद्ध धर्मालम्बीको बसोवास रहे पनि छायानाथ धामलाई बौद्ध र हिन्दु दुवै धर्मालम्बीहरुले आफ्नै परम्परा अनुसार पुजा गर्ने चलन रहेको छ । दुई फरक फरक धर्मालम्बीहरुले शिव भगवानलाई अलग अलग नामबाट पुजा गर्दा दुई धर्मालम्बी बिच धार्मीक सहिष्णुता कायम गराएको स्थानीयवासीको भनाई छ । 


शिव भगवानले सत्यदेवीको लाश काँधमा राखेर घुमाउदै गर्दा शत्य देवीको अन्तिम शेष छायानाथमा खसेकाले यो धामलाई चार धाम मध्य जेठो धाम मान्ने गरेको पुजारी पुर्णप्रसाद चौलागाईले बताए । चौलागाईका अनुसार यो धाममा रहेका बहुमुल्य धातुका मुर्ती कति पुराना हुन भन्ने बताउन सकिने अवस्थामा छैनन । चैन गाउँमा रहेको मन्दिरबाट २०३६ सालमा र २०४२ सालमा मुर्ती चोरी भएका र दैलेखबाट पत्ता लागेर फिर्ता आएका चौलागाईले बताए । 

मन्दिरमा बहुमुल्य र निकै पुराना धार्मीक मुर्ती सुरक्षाका लागि प्रहरी चौकि नै रहेको छ । 

छायानाथ जाँदा प्रहरी पनि संगै जाने गर्दछन । त्यस्तै अको तिर्थ स्थल ऋणी मोक्क्षका लागि सुरक्षाकर्मी सहित मुर्ती लिएर पुजारीको टोली आईतवार जाने भएका छन ।  यो बेला जिल्लाका दुई स्थान छाँयानाथ र ऋणमोक्ष तिर्थ स्थलमा तिर्थालु हरुको घुईचो लाग्ने गरेको हुन्छ ।

छाँयानाथ तिर्थ पुगेर फ्कीएका जुम्ला जिल्ला बुम्रमाडीचौर का गोबि बुढाका अनुसार पुखादेखी चलीआएको चला धार्मिक बिशुवार, सन्तान नभएकाहरुले तसे ठाँउमा पुगेर सन्तानको बर माग्दा सन्तान मिल्ने र मृत आफन्तहरुको सोवर्ग बासकोलागी पूजा समेत गरीने बिशुवार रहेको बताउछन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला