२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङमा खोलाले बगाउँदा एकको मृत्यु, १५ वर्षीय बालिका अझै बेपत्ता

२०७४, १८ श्रावण बुधबार ०६:३०

साउन १८, बागलुङ । ढोरपाटन नगरपालिका–९ ढोरको नवी खोलाले बगाएकी बालिका बेलकुमारी पुन अझै बेपत्ता छिन् । 

वडा नम्बर–९ कै नवी घर भएकी उनीसहित चार जनालाई आइतबार खोलाले बगाएको थियो । शनिबार पनि नवीखोलामै बगेर स्थानीय राजु विकको ज्यान गएको थियो । उनलाई छारे रोगको समस्या थियो । 

तर्ने क्रममा अचानक लडेपछि उनलाई खोलाले बगाएको स्थानीयले बताएका छन् ।  आइतबार खोलाले बगाएका ४ मध्ये ३ जनाको भने सशुकल उद्धार गरिएको छ। ढोरको बुकीबाट घर (नवी) जाँदै गर्दा आइबार बेलुका साढे ४ बजे नवी खोलाको बहाव अचानक बढेपछि आएको बढीले उनीहरुलाई बगएको स्थानीय ईन्द्र शाहीले जानकारी दिए ।  

यस घटनामा बगेकी बेलकुमारी अझै बेपत्ता छिन् । ३ जनालाई भने स्थानीय र प्रहरीले तत्काल सकुशल उद्धार गरेको शाहीले बताए । खोलामा पुल नहुँदा वर्षेनी ज्यान गुमाउनु पर्ने बाध्यता रहेको भन्दै स्थानीयले तत्काल पुल निर्माण गर्न  सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी