२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

अर्घाखाँचीका स्थानिय तहमा आईतबारदेखी नागरिकता टोली जाने

१८ श्रावण २०७४, बुधबार ०९:५८

साउन १८, अर्घाखाँची  । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा नागरिकता बनाउनेहरुको भिड्भाड् लागेको छ । 

१८ वर्ष पुरा भई मतदाता नामाबलीमा नाम छुटेका, नागरिकता हराएका हरुको लागी प्रतिलिपि, तथा वृद्धवृद्धाहरु पनी नागरिकता बनाउन आईरहेका छन । नागरिकता लिन आउने सेवाग्राहीको भिड्भाड्ले जिल्ला प्रशासनका कर्मचारीलाई फुर्सद समेत छैन ।

भुमिकास्थान नगरपालिका १० धनचौरकी २८ वर्षिय सुमित्रा पाण्डेले भनिन् स्थानिय तहमा नामाबली लेखाउन गएपनी नागरिकता बनाउनका लागी सन्धिखर्क आउनुपर्यो, नागरिकता बनाएपछी जिल्ला निवार्चन कार्यालयमा गएर मतदाता नामावलीमा लेखाउछु, किन दोहोरो दुःख पाउनु भुमिकास्थानको केन्द्रमा जान । स्थानिय तहमा नागरिकता बनाउन नगएमा मतदाता नामाबली संकलन गर्न जानु कुनै अर्थ नहुने उनले बताईन ।

सहायक प्रमुख जिल्ला अधिकारी नारायण खत्रीले आउँदो आईतबारदेखी जिल्लाका सवै गाउँ र नगरपालिकामा नागरिकता वितरणका लागी टोली जाने तयारी भईरहेको छ । एउटा पालिकामा दुई दिन बस्ने गरी तयारी भएको र सेवाग्राही बढिरहेमा आवश्यकता अनुसार नागरिकता टोली बस्ने खत्रीले बताए ।

वर्खामासको समय भएपनी जिल्ला प्रशासनमा नै नियमित भन्दा दोव्बर सेवाग्राही आईरहेका छन, दैनिक ७५ देखी ८० वटा नागरिकता वितरण भईरहेको छ, अव स्थानिय तहमा नै गएपछी सेवाग्राहीहरुलाई घरदैलोमा सेवा दिन्छौ खत्रीले भने ।

जिल्ला प्रशासनमा नागरिकता लिन आएकालाई छोटो समयमा सरलताले नागरिकता वितरण गरीरहेका छौ, कर्मचारी पुर्ण नभएपनी कुनै काम रोकिदैन, मुस्कान सहितको सेवा दिईरहेका छौ, प्रशासनमा आएकाहरुलाई खानेपानीको व्यवस्था छ, सप्रजिअ खत्रीले भने ।

सोमबारदेखी स्थानिय तहमा मतदाता नामाबली संकलन गर्न जिल्ला निवार्चन कार्यालयका कर्मचारीहरु स्थानिय तहमा नै गएका छन । जिल्लाका सन्धिखर्क, सितगंगा, भुमिकास्थान नगरपालिका र पाणिनी, छत्रदेव र मालारानी गाउँपालिकाको केन्द्रमा मतदाता नामाबली संकलन भईरहेको छ ।

नागरिकता बनाउन सदरमुकाम आउनुपरेपनी आउँदो आईतबारदेखी स्थानिय तहबाट नामाबली संकलन हुने भएसँगै जिल्लाबासीहरुलाई नागरिकता बनाउन र नामाबलीमा नाम लेखाउन सहज हुनेछ ।

सवैभन्दा सहज सन्धिखर्क नगरपालिकाका सेवाग्राहीलाई मतदाता नामाबलीमा नाम लेखाउँन छ । सन्धिखर्क आउँनका लागी सवै वडाहरुबाट यातायातको सुविधा छ, सवै वडाहरुमा ट्याक्सी पाईन्छन । अन्य गाउँ र नगरपालिकाका सवै वडाहरुबाट स्थानिय तहका केन्द्रमा जाने मोटरबाटाहरु खुलेका छैनन।

सवैभन्दा विकट जिल्लाको सितगंगा नगरपालिकाका केहि वडाहरुबाट केन्द्र ठाडामा आउन ५ देखी ६ घण्टा लाग्छ । उक्त क्षेत्रका विभिन्न वडाहरुमा हिउदँमा यातायात चलेपनी वर्खामा चल्दैनन । सेवाग्राहीहरु नगरपालिकाको सेवा लिन ५ देखी ७ घण्टा हिडेर ठाडा आउनुपर्ने हुन्छ । सितगंगा नगर प्रमुख सुर्यप्रसाद अधिकारीले सितगंगाका सवै वडाहरुमा वर्खा र हिउँदमा चल्ने गरी यातायातलाई प्राथमिकता दिने बताएका छन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान