२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एक सातामा सर्पको टोकाइबाट तीनको मृत्यु

२०७४, २० श्रावण शुक्रबार ०२:३७

साउन २०, बर्दिवास । महोत्तरी जिल्लाको बर्दिवास नगर क्षेत्रमा एक साताभित्रै विषालु सर्पको टोकाइबाट तीनजनाको मृत्यु भएको छ । 

गत आइतबारदेखि आजसम्ममा बर्दिवास नगरपालिका–१ को मुख्यचोक आसपासमै तीनजनाको सर्पको टोकाइबाट मृत्यु भएको हो । 

बिहीबार बर्दिवास–१ कै १९ वर्षीया रबिना गौतमको सर्पको टोकाइबाट मृत्यु भएको छ । जनता बहुमुखी क्याम्पस बर्दिवासमा स्नातक तहमा अध्ययनरत गौतमलाई बिहीबार बिहान विषालु सर्प करैतले डसेको थियो । यसअघि मङ्गलबार बर्दिवास–१ कै औरहीरोडमा चार वर्षीया बालिका र गत आइतबार यहीँकै १५ वर्षीय किशोर आशीष अधिकारीको सर्पको टोकाइबाट मृत्यु भएको थियो । 

करैतको टोकाइ सर्प नदेख्दा कमिलाले टोकेको भान हुने हँुदा उपचारमा पु¥याउन ढिलाइ भएर मृत्यु हुने गरेको पाइएको छ । गोमनको ठूलो स्वरको फुङ्कार हुने हुँदा तत्कालै सर्पले टोकेको थाहा पाइने र करैतको टोकाइ लाटो हुने भएकाले सर्प नदेख्दा धेरै पछि बिरामीको अवस्था गम्भीर भएपछि मात्र देखिने लक्षणले सर्पले टोकेको बुझिने हुँदा करैतको टोकाइमा झुक्किने गरेको सर्प दंश उपचार केन्द्र, बर्दिवासका अध्यक्ष कृष्ण देवकोटाले बताउनुभयो । यो सातामा मृत्यु भएका तीनै जनालाई करैतले नै टोकेको पाइएको छ । 

पछिल्लो साताको प्रचण्ड गर्मी र वर्षाबीच सर्पको बिगबिगी बढे पनि बर्दिवासस्थित सर्प दंश उपचार केन्द्रमा सर्प दंशको उपचारमा प्रयोग गरिने एन्टी स्नेक भाइलको अभाव, भाइल सुरक्षित भण्डारण गर्न ठाउँ र उपकरणको अभाव एवम् व्यवस्थापकीय समस्याले कैयौँ पटक बिरामीलाई अन्यत्र लान बताइँदा मानवीय क्षति बढ्ने गरेको बर्दिवासका सामाजिक, राजनीतिक कार्यकर्ता अम्बिकाप्रसाद गौतम बताउनुहुन्छ । 

अब बढ्दो मानवीय क्षतिलाई मध्यनजर गरी बर्दिवास नगरपालिका, अन्य सरकारी÷गैरसरकारी सङ्घसंस्था र स्थानीय राजनीतिक दलले उपचार केन्द्रको सुविधा र साधनस्रोत बढाउने तर्फ ध्यान दिनुपर्ने सर्वसाधारणले बताएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ