2026-09-28 06:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

नयाँ संविधानबारे गाउँ–गाउँमा कांग्रेसको प्रशिक्षण

प्रकाश धौलाकोटी, मंसिर २१, तेह्रथुम । नयाँ संविधानबारे नागरिकमा रहेका भ्रम चिर्न सरकारले एक महिने प्रचार अभियान थालेकै दिन तेह्रथुममा नेपाली कांग्रेसले पनि नयाँ संविधानबारे कार्यकर्ता प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । 

सरकारले गाउँ गाउँसम्म पुगेर प्रशिक्षण गर्न नसक्ने भन्दै आजैबाट जिल्लाव्यापी अभियान सुरु गरेको कांग्रेसले जनाएको छ । अभियान अन्तर्गत आज ईवा गाविसमा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । ईवा र ह्वाकु गाविसका कांग्रेस अगुवा कार्यकर्ता तथा स्थानीयबासीहरु सहभागी कार्यक्रममा नेपालको नयाँ संविधानका अन्तरवस्तु, संविधान निर्माणमा नेपाली कांग्रेसले खेलेको भूमिका, जिल्लाको विकास निर्माण र आसन्न १३ औँ महाधिवेशनका बारेमा छलफल भएको थियो ।

कांग्रेस तेह्रथुमका सभापति गोविन्द ढुंगानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कांग्रेस जिल्ला कार्यसमितिका कोषाध्यक्ष सन्तोष सुब्बा, तरुण दल अध्यक्ष तथा जिल्ला सदस्य विपीन सुब्बा, आठराई क्षेत्रीय कार्यसमितिका सभापति भीष्म थपलिया, जिल्ला कार्यसमिति सदस्यहरु नारायणकुमार ईङनाम र नारायण डाँगीले नयाँ संविधान लगायत विषयमा आ–आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रम नेपाली कांग्रेस गाउँ कार्य समिति ईवाका सभापति खड्गप्रसाद ईङनामको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह