७ जेष्ठ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

नयाँ संविधानबारे गाउँ–गाउँमा कांग्रेसको प्रशिक्षण

२१ मंसिर २०७२, सोमबार ०५:५२

प्रकाश धौलाकोटी, मंसिर २१, तेह्रथुम । नयाँ संविधानबारे नागरिकमा रहेका भ्रम चिर्न सरकारले एक महिने प्रचार अभियान थालेकै दिन तेह्रथुममा नेपाली कांग्रेसले पनि नयाँ संविधानबारे कार्यकर्ता प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । 

सरकारले गाउँ गाउँसम्म पुगेर प्रशिक्षण गर्न नसक्ने भन्दै आजैबाट जिल्लाव्यापी अभियान सुरु गरेको कांग्रेसले जनाएको छ । अभियान अन्तर्गत आज ईवा गाविसमा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । ईवा र ह्वाकु गाविसका कांग्रेस अगुवा कार्यकर्ता तथा स्थानीयबासीहरु सहभागी कार्यक्रममा नेपालको नयाँ संविधानका अन्तरवस्तु, संविधान निर्माणमा नेपाली कांग्रेसले खेलेको भूमिका, जिल्लाको विकास निर्माण र आसन्न १३ औँ महाधिवेशनका बारेमा छलफल भएको थियो ।

कांग्रेस तेह्रथुमका सभापति गोविन्द ढुंगानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कांग्रेस जिल्ला कार्यसमितिका कोषाध्यक्ष सन्तोष सुब्बा, तरुण दल अध्यक्ष तथा जिल्ला सदस्य विपीन सुब्बा, आठराई क्षेत्रीय कार्यसमितिका सभापति भीष्म थपलिया, जिल्ला कार्यसमिति सदस्यहरु नारायणकुमार ईङनाम र नारायण डाँगीले नयाँ संविधान लगायत विषयमा आ–आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रम नेपाली कांग्रेस गाउँ कार्य समिति ईवाका सभापति खड्गप्रसाद ईङनामको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गर्मीमा फोन चलाउँदा ध्यान दिनुपर्ने कुराहरु ,नभए दुर्घटना हुन सक्छ ………. विद्युतीय अपराध सम्बन्धी कसुरमा गाउँपालिका अध्यक्ष पक्राउ कांग्रेस–एमालेको सरकार बनाउनुको उद्देश्य अझै पूरा नभएको : योगेश भट्टराई जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध छ : मन्त्री यादव युक्रेनमा शान्ति नभए रूस विरुद्ध ‘कडा कारबाही’ गर्न अमेरिकालाई इयुको आग्रह राष्ट्र बैंकको गभर्नर कांग्रेस निकट पौडेललाई बनाउने सहमति वनमन्त्री शाही चीन प्रस्थान ‘गभर्नर नियुक्ति प्रक्रियाले चाँडै निकास पाउँछ’ तीन दशकमा पनि पूरा भएन वाग्मती स्वच्छ बनाउने जिम्मेवारी भिमफेदीमा गाडी दुर्घटना हुँदा १४ जना घाइते,३ जनाको अवस्था गम्भीर छिमेकी चीन नेपालको विश्वासिलो र भरपर्दो मित्र हो : परराष्ट्र सचिव राई ९० सालको भूकम्पमा भत्किएको लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माण आगलागीका कारण रु ११ लाख बराबरको क्षति हरियो धनियाँमा अत्यधिक विषादी,४५ प्रतिशतभन्दा बढी खान अयोग्य ओझेलमा अनौठो कुवा भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै पोखरा आसपास भूकम्पको धक्का महसुस नेपालमा भूकम्पको धक्का महसुस मध्य मेक्सिकोमा बन्दुकधारीद्वारा ७ जनाको हत्या पूर्व जनप्रतिनिधिको उपचारमा सरकार अनुदार बन्यो : सांसद शेरबहादुर कुँवर