2026-09-20 01:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सामाजिक सुरक्षा कोषले दिन थाल्यो योगदानकर्ताका छोराछोरीलाई पनि स्वास्थ्याेपचार सुविधा

काठमाण्डाै । सामाजिक सुरक्षा कोषले २०८२ सालको शुरुआतसँगै योगदानकर्ताका छोराछोरीलाई पनि स्वास्थ्योपचार सुविधा दिन थालेको छ ।

कोषले योगदानकर्ताका १८ वर्षसम्मका सन्ततिलाई पनि सुविधा दिन थालेको जनाएको छ ।

यसअघि योगदानकर्ता र उनीहरूका श्रीमान्–श्रीमतीले मात्र स्वास्थ्योपचार सुविधा पाउने गरेकोमा सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधिमा सुविधा थप भएको हो ।

कम्तीमा लागातर तीन महिना योगदान गर्ने योगदानकर्ता, तिनका श्रीमान्–श्रीमती र १८ वर्षसम्मका छोराछोरीले पनि अब एक लाख रुपैयाँसम्मको उपचार सेवा पाउनेछन् ।

जसमा २० प्रतिशत योगदानकर्ताले बेहोर्नुपर्छ । यस्तै कोषले पाँच वर्ष योगदान गर्ने योगदानकर्ताका हकमा अस्पताल भर्ना हुने बिरामीको १० लाख रुपैयाँसम्मको उपचार खर्च बेहोर्नेछ । जसमा ५० प्रतिशत खर्च योगदानकर्ताले बेहोर्नुपर्छ ।

यस्तै अब सरकारी निकायका कार्यरत अस्थायी, करार एवम् निवृत्तिभरण नपाउने स्थायी कर्मचारी पनि सामाजिक सुरक्षा योजनामा सहभागी हुन पाउने भएका छन् ।

योगदानकर्ताहरूमध्ये १५ लाखभन्दा धेरै वैदेशिक रोजगारीमा गएका व्यक्तिहरू छन् । कुल योगदान रकम ७७ अर्ब ६७ करोड रुपैयाँ पुगेको कोषको तथ्याङ्क छ ।

झन्डै ६ वर्षअघि सञ्चालनमा आएको कोषमा गएको चैत मसान्तसम्म २० हजार तीन सय ६२ रोजगारदाता र २१ लाख ५१ हजार जना योगदानकर्ता सूचीकृत भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो