१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

५ दिने बहुकक्षा शिक्षण शिक्षक तालिमको मगलसेनमा उदघाटन गरियो

१६ भाद्र २०७२, बुधबार ०७:१२

unnamed (2)

कमल रावल/भदौ १६, अछाम । बहुकक्षा शिक्षण शिक्षक सम्बन्धी ५ दिने तालिमको आज एक कार्यक्रमका बिच उदघाटन गरिएको छ ।

पिसविन अछामको आयोजना, जिल्ला शिक्षा कार्यालय अछामको समन्वय र साझेदार संस्था वल्र्ड भिजन ईन्टरनेशनल नेपाल अछामको सहयोगमा सञ्चालित शिक्षा परियोजना अन्तरगत सुरु भएको तालिमको अछामका निमित्त जिल्ला शिक्षा अधिकारी हरिदत्त जोशिले उदघाटन गर्नु भएको हो ।

पिसविन अछाम शाखाका अध्यक्ष धिरेन्द्र रावलको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा निमित्त जिल्ला शिक्षा अधिकारी जोशिले अछाम जिल्लाका थुप्रै विद्यालयमा सिकाई उपलब्धि दर निकै कम रहेकाले यस्ता तालिमले शिक्षकको क्षमता अभिबृद्धि बढने भएकाले सिकाई उपलब्धि दर बढाउन तर्फ शिक्षकहरु अग्रसर हुने पर्नेमा जोड दिनु भएको थियो ।

जिल्लामा शिक्षकको पद पुर्ति निकै कम भएकाले बहृकक्षा शिक्षण तालिमको आवश्यकता भएको बताउनु भयो । कार्यक्रममा वल्र्ड भिजन ईन्टरनेशनल नेपाल अछामका एलपिए म्यानेजर ज्योति चपाँईले तालिममा सिकेका कुरा लागु गर्न कञ्जुसाई नगर्न शिक्षकलाई अनुरोध गर्नु भएको थियो ।

तालिममा सिकेका कुराहरु कार्यान्वयन गर्न आगामि दिनमा के कस्ता अप्ठयारा आईपर्छन ति सबै आफनो सस्थालाई सुझावका रुपमा दिन पनि उहाँले शिक्षकलाई अग्राह गर्नु भयो । उदघाटनमा बहुकक्षा शिक्षण मार्फत बाल मैत्रि तथा गुणस्तरिय शिक्षाको लागि प्रभावकारी शिक्षण तयार गर्नु लक्ष्य रहेको तालिमको उद्देश्य पिसविन अछामका परियोजना संयोजक तपेन्द्र ओलिले जानकारी गराउनु भएको थियो ।

उदघाटन कार्यक्रममा रेडियो रामारोशनका कार्यक्रम संयोजक कमल रावल, वल्र्ड भिजनका शिक्षा अधिकृत पर्शुराम कार्की, विकास अधिकृत दुर्गाथापा, जानकी न्यौपाने, पिसविनका फिल्ड सुपरभाईजर गणेश रेग्मी, मिठ्ठु हुडके, भ्वान सिह सार्की लगाएतको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन पिसविन अछामका परियोजना अधिकृत दिलिप बोहराले गर्नु भएको थियो । भदौ २० गते सम्म चल्ने तालिममा पिसविन पुर्वि कार्यक्षेत्रका ७ गाबिसका २२ जना प्रावि तहका शिक्षकको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन