२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

बिश्व स्तनपान सप्ताह २०१७ अछाममा समापन

२०७४, २३ श्रावण सोमबार १५:२८

कमल रावल | साउन २३, अछाम | “सबै मिलि स्तनपानलाई दिगो बनाऔँ” भन्ने नाराका साथ बिश्व स्तनपान सप्ताह २०१७ अछाममा समापन भएको छ । सप्ताहको अवसरमा जिल्ला स्वास्थ्य कार्यालय अछामको आयोजनामा साउन १७ गतेदेखि २३ गते सम्म जिल्ला थुप्रै स्वास्थ्य संस्था तथा विद्यालयमा विभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको छ । 

जन्मेको १ घण्टा भित्र, जति सक्दो चाडो शिसुलाई आमाको दुध चुसाउनुपर्छ, जन्मे देखि ६ महिना सम्मको बच्चलाई आमाको दुध मात्र खुवाउनु पर्छ र ६ महिनादेखि कम्तिमा २ बर्ष सम्मको हुदा पुरक तथा थप खानाको साथै आमाको दुध पनी खुवाउदै रहनुपर्छ भन्ने मुल उद्देश्य र लक्ष्य राखि अन्तक्र्रिया, छलफल, गोष्ठि, प्रतियोगिता लगाएतका कार्यक्रम गरि मनाईएको छ । यो अवधिमा हजार दिनका आमाको महत्व, दुईबर्ष सम्मका बच्चालाई स्तनपान गराउदा यसको महत्वको बारेमा जानकारी गराउने गरिएको छ । 

यसैबिच ढकारी गाउपालिका वडा नम्बर २ हिच्मा स्वास्थ्य चौकीको आयोजनामा २५ औँ स्तनपान सप्ताह दिवस तथा बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य व्यवस्थापन समिती अध्यक्ष चन्द्र बहादुर बुढाको अध्यक्षतामा भएको कार्यक्रमले विश्व स्तपान सप्ताहको अवसरमा प्रचार प्रसार गर्ने, समिक्षा आएका सुझावलाई आत्मसाथ गर्दै आगामि दिनमा सुधार्दै लैजाने र स्वास्थ्य चौकीमा आवश्यक ल्याव तथा कार्यालय सहयोगिका लागि गाउपालिका माग गर्ने लगाएतका निर्णय पारित गरिएका छन । कार्यक्रममा वडा अध्यक्ष नक्कुल साउद, ढकारी गाउपालिका स्वास्थ्य शाखा प्रमुख लक्ष्मण शाह लगाएत महीला स्वास्थ्य स्वयमसेविकाको उपस्थिती रहेको थियो । ईञ्चार्ज देबेन्द्र यादवले सहजिकरण गर्नु भएको कार्यक्रमको सञ्चालन अहेब बल बहादुर बुढाले गर्नु भएको थियो । यस्तै सप्ताहको अवसरमा पायल स्वास्थ्य चौकीमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । पायल स्वास्थ्य चौकीको आयोजना तथा सुआहारा र पहल कार्यक्रमको सहयोगमा भएको हो । कार्यक्रममा राजिनितिज्ञ, सरोकारवाला, महिला स्वयसेविका लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण स्वास्थ्य चौकी ईञ्चार्ज प्रेम विश्वकर्माले गर्नु भएको हो । 

यस्तै हात्तिकोट स्वास्थ्य चौकीमा समेत कार्यक्रम गरिएको थियो । बच्चालाई कसरी स्तनपान गराउने भन्ने बिषयमा छलफल भएको थियो । वडा अध्यक्ष खगेन्द्र बहादुर साउदको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका कालुसिह साउद, शिक्षक नरेश बहादुर साउद, खेमराज साउद, व्यवस्थापन समिती सदस्य अर्जुन ढुंगाना लगाएको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन स्वास्थ्य चौकी ईञ्चार्ज विर बहादुर ठकुल्लाले गर्नु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ