२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

बिश्व स्तनपान सप्ताह २०१७ अछाममा समापन

२३ श्रावण २०७४, सोमबार १५:२८

कमल रावल | साउन २३, अछाम | “सबै मिलि स्तनपानलाई दिगो बनाऔँ” भन्ने नाराका साथ बिश्व स्तनपान सप्ताह २०१७ अछाममा समापन भएको छ । सप्ताहको अवसरमा जिल्ला स्वास्थ्य कार्यालय अछामको आयोजनामा साउन १७ गतेदेखि २३ गते सम्म जिल्ला थुप्रै स्वास्थ्य संस्था तथा विद्यालयमा विभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको छ । 

जन्मेको १ घण्टा भित्र, जति सक्दो चाडो शिसुलाई आमाको दुध चुसाउनुपर्छ, जन्मे देखि ६ महिना सम्मको बच्चलाई आमाको दुध मात्र खुवाउनु पर्छ र ६ महिनादेखि कम्तिमा २ बर्ष सम्मको हुदा पुरक तथा थप खानाको साथै आमाको दुध पनी खुवाउदै रहनुपर्छ भन्ने मुल उद्देश्य र लक्ष्य राखि अन्तक्र्रिया, छलफल, गोष्ठि, प्रतियोगिता लगाएतका कार्यक्रम गरि मनाईएको छ । यो अवधिमा हजार दिनका आमाको महत्व, दुईबर्ष सम्मका बच्चालाई स्तनपान गराउदा यसको महत्वको बारेमा जानकारी गराउने गरिएको छ । 

यसैबिच ढकारी गाउपालिका वडा नम्बर २ हिच्मा स्वास्थ्य चौकीको आयोजनामा २५ औँ स्तनपान सप्ताह दिवस तथा बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य व्यवस्थापन समिती अध्यक्ष चन्द्र बहादुर बुढाको अध्यक्षतामा भएको कार्यक्रमले विश्व स्तपान सप्ताहको अवसरमा प्रचार प्रसार गर्ने, समिक्षा आएका सुझावलाई आत्मसाथ गर्दै आगामि दिनमा सुधार्दै लैजाने र स्वास्थ्य चौकीमा आवश्यक ल्याव तथा कार्यालय सहयोगिका लागि गाउपालिका माग गर्ने लगाएतका निर्णय पारित गरिएका छन । कार्यक्रममा वडा अध्यक्ष नक्कुल साउद, ढकारी गाउपालिका स्वास्थ्य शाखा प्रमुख लक्ष्मण शाह लगाएत महीला स्वास्थ्य स्वयमसेविकाको उपस्थिती रहेको थियो । ईञ्चार्ज देबेन्द्र यादवले सहजिकरण गर्नु भएको कार्यक्रमको सञ्चालन अहेब बल बहादुर बुढाले गर्नु भएको थियो । यस्तै सप्ताहको अवसरमा पायल स्वास्थ्य चौकीमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । पायल स्वास्थ्य चौकीको आयोजना तथा सुआहारा र पहल कार्यक्रमको सहयोगमा भएको हो । कार्यक्रममा राजिनितिज्ञ, सरोकारवाला, महिला स्वयसेविका लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण स्वास्थ्य चौकी ईञ्चार्ज प्रेम विश्वकर्माले गर्नु भएको हो । 

यस्तै हात्तिकोट स्वास्थ्य चौकीमा समेत कार्यक्रम गरिएको थियो । बच्चालाई कसरी स्तनपान गराउने भन्ने बिषयमा छलफल भएको थियो । वडा अध्यक्ष खगेन्द्र बहादुर साउदको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका कालुसिह साउद, शिक्षक नरेश बहादुर साउद, खेमराज साउद, व्यवस्थापन समिती सदस्य अर्जुन ढुंगाना लगाएको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन स्वास्थ्य चौकी ईञ्चार्ज विर बहादुर ठकुल्लाले गर्नु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो