पूर्णप्रसाद  न्याैपाने, साउन २४, अाेखलढुंगा । दाेस्राे सामुदायिक वन राष्ट्रिय दिवस ओखलढुंगामा विभिन्न कार्यक्रम गरेर मनाउन सुरु गरिएको छ । संघियतामा सामुदायिक वन,स्थानीय समुदायको पहिचा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पूर्णप्रसाद  न्याैपाने, साउन २४, अाेखलढुंगा । दाेस्राे सामुदायिक वन राष्ट्रिय दिवस ओखलढुंगामा विभिन्न कार्यक्रम गरेर मनाउन सुरु गरिएको छ । संघियतामा सामुदायिक वन,स्थानीय समुदायको पहिचा"/>
२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

दोस्रो सामुदायिक वन राष्ट्रिय दिवस विशेष कार्यक्रम ओखलढुंगामा सुरु

२०७४, २४ श्रावण मंगलवार १५:१८

पूर्णप्रसाद  न्याैपाने, साउन २४, अाेखलढुंगा । दाेस्राे सामुदायिक वन राष्ट्रिय दिवस ओखलढुंगामा विभिन्न कार्यक्रम गरेर मनाउन सुरु गरिएको छ । संघियतामा सामुदायिक वन,स्थानीय समुदायको पहिचान भन्ने मुल नाराका साथ जिल्ला वन कार्यालयको अगुवाईमा दोस्रो सामुदायिक वन राष्ट्रिय दिवस मनाउन सुरु गरिएको हो । तीन दिन सम्म विभिन्न कार्यक्रम गर्ने योजना अनुसार कार्यालयले मंगलबार पत्रकार सम्मेलन गरेर जिल्लामा सामुदायिक वनको अवस्था,सामुदायिक वनका सवल पक्ष,समस्या र सामुदायिक वन सँग सम्बन्धित समसामयिक विषयमा अन्तरक्रिया गरेको छ ।


भोली बुधबार दोस्रो दिन र्याली र सरोकारवालाहरुसँग अन्तरक्रिया गर्ने र तेस्रो दिन वृक्षारोपण कार्यक्रम गर्ने योजना रहेको जिल्ला वन कार्यालयका सुचना अधिकारी शुसान्त पोखे्रलले जानकारी दिनुभयो । उहाँका अनुसार भोलि विहान खाद्यसंस्थानबाट सुरु हुने ¥याली नगर परिक्रमा गरि जिल्ला समन्वय समिति परिषरमा पुगेर कोणसभामा परिषणत हुनेछ ।  सामुदायिक वन उपभोक्ता महासंघ र सवल कार्यक्रमले पनि दिवस विषेश कार्यक्रममा साझेदारी गर्ने जनाईएको छ ।

सामुदायिक वन संरक्षणमा सबैको भूमिका महत्वपूर्ण : जिल्ला वन अधिकृत साह

यसैविच जिल्ला वन अधिकृत विरेन्द्र साहले सामुदायिक वन संरक्षणमा सबैको भूमिका महत्वपूर्णहने बताउनुभयो । मंगलबार कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै जिल्ला वन अधिकृत साहले कुनै एक पक्षको प्रयासले मात्रै यो सम्भव नरहेको भन्दै साझा प्रयासले मात्रै सामुदायिक वन संरक्षण हुने बताउनुभएको हो । सामुदायिक वनमा सबैको पहुँच पु¥याउने लक्ष्य अनुसार जिल्लामा काम भईरहेको समेत उहाँको भनाई थियो । ओखलढुंगामा अहिले ३ सय ४८ वटा सामुदायिक वन रहेका छन् । २९ हजार ९ सय ४० हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वनबाट जिल्लाका करिब ८० प्रतिशत नागरिक लाभान्वित छन् ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते