मकरराज धामी/साउन २५, बझाङ । बझाङ सदरमुकाम चैनपुर बाढिको उच्च जोखिममा रहेको छ । 

बर्षायाम सुरु भए संगै सेती नदि र बहुलिगाड खोलामा पानीको बहाव बढे "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मकरराज धामी/साउन २५, बझाङ । बझाङ सदरमुकाम चैनपुर बाढिको उच्च जोखिममा रहेको छ । 

बर्षायाम सुरु भए संगै सेती नदि र बहुलिगाड खोलामा पानीको बहाव बढे "/>

२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङ सदरमुकाम चैनपुर बाढीको उच्च जोखिममा

२५ श्रावण २०७४, बुधबार ०२:२०


मकरराज धामी/साउन २५, बझाङ । बझाङ सदरमुकाम चैनपुर बाढिको उच्च जोखिममा रहेको छ । 

बर्षायाम सुरु भए संगै सेती नदि र बहुलिगाड खोलामा पानीको बहाव बढे संगै जोखिम पनि बढेको हो । तीनै तिर सेती नदी र बाहुलीगाड खोलाले घेरेर बनेको सदरमुकाम चैनपुर झट्ट हेर्दा सानो टापु जस्तै देखिन्छ । तर यि दुइ नदीले तीनै तिर बाट कटान सुरु भए पछि जोखीम बढेको हो । जोखिम बढे संगै सदरमुकामवासी चिन्तीत बनेका छन् । नदि किनाराका वासिन्दाहरु रातभर जाग्राम बस्ने गरेका छन् । कुन वेला सदरमुकाम बगाउछ भन्ने डरले सदरमुकामवासीहरु चिन्तित भएका छन । 

गत बर्ष असार ३१ गते बाहुलीगाड खोलामा आएको बाढीले सदरमुकामलाई जिल्लाका दक्षिण तथा पश्चिमी क्षेत्रका गाविसहरु जोड्ने झोलुङ्गे पुल बगाएको थियो । सोही दिन आएको बाढीका कारण बाहुलीगाड खोलाले धार परिवर्तन गरी सदरमुकाम तिरको क्षेत्र कटान सुरु गरे पछि सदरमुकामबासीहरु बढी खतराको महसुस गर्न थालेका छन । 

बहुलाहा खोलाको रुपमा चिनिने बाहुलीगाडमा कुन दिन बाढी आउने हो र सदरमुकाम सखाप पार्ने हो भन्ने डरले आफुहरु त्रसित भएको नागरिक समाजका अगुवा धर्मजंग बहादुर सिंहले बताए । पहिला सिमखेत तिर भएर बग्ने बाहुली गाड अहिले  चैनपुर तिर फर्किएको छ’ समयमै नियन्त्रण गर्न नसके ठुलो क्षति निम्त्याउने खतरा रहेको छ उनले भने । 

बाहुली गाढको कटान बढ्दै जा“दा सदरमुकामको पुर्वी भाग बाट बग्ने सेती नदी र पश्चिमी क्षेत्रबाट बग्ने बाहुलीगाढ एउटै रेखामा पर्न सक्ने र यसले सदरमुकामको अस्तित्व नै समाप्त पार्न सक्ने खतरा रहेको उनको भनाई छ । 

बहुलिगाडले बेला बेलामा आफ्नो धार परिवर्तन गर्दै आएको छ ।  ३२ वर्ष देखी नबगाएको झोलुङ्गे पुल त हेर्दा हेर्दै बगायो । चारै तिर बाट कटान गरि रहेको छ कुन वेला बगाएर लैजान्छ भन्ने चिन्ताले पिरोली रहेको छ । मुसलधारे पानी परे राती निन्द्रा लाग्दैन स्थानिय धर्मराज रसाईलीले बताए  ।

बाहुलीगाड क्षति न्युनिकरण तथा सदरमुकाम बचाउन अभियान २०७३ नाम दिइएको स्थानियहरुको दवाब समुहले जिल्ला प्रशाशन कार्यालयमा ज्ञापन पत्र बुझाउनुका साथै तुरुन्त नियन्त्रणको प्रयास गर्न माग गर्दै धर्ना समेत दिएको थियो । सदरमुकाममा कटानको जोखिम बढदै गएको भए पनि यसलाई नियन्त्रण गर्न सरोकारवाला निकायले चासो नदेखाएको सदरमुकामबासीको आरोप छ ।

फोटो क्याप्सन ः बाढीको जोखिममा रहेको बझाङ सदरमुकाम चैनपुर । तस्विर मकरराज धामी कारोवार दैनिक  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली