मकरराज धामी/साउन २५, बझाङ । बझाङ सदरमुकाम चैनपुर बाढिको उच्च जोखिममा रहेको छ । 

बर्षायाम सुरु भए संगै सेती नदि र बहुलिगाड खोलामा पानीको बहाव बढे "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मकरराज धामी/साउन २५, बझाङ । बझाङ सदरमुकाम चैनपुर बाढिको उच्च जोखिममा रहेको छ । 

बर्षायाम सुरु भए संगै सेती नदि र बहुलिगाड खोलामा पानीको बहाव बढे "/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङ सदरमुकाम चैनपुर बाढीको उच्च जोखिममा

२०७४, २५ श्रावण बुधबार ०२:२०


मकरराज धामी/साउन २५, बझाङ । बझाङ सदरमुकाम चैनपुर बाढिको उच्च जोखिममा रहेको छ । 

बर्षायाम सुरु भए संगै सेती नदि र बहुलिगाड खोलामा पानीको बहाव बढे संगै जोखिम पनि बढेको हो । तीनै तिर सेती नदी र बाहुलीगाड खोलाले घेरेर बनेको सदरमुकाम चैनपुर झट्ट हेर्दा सानो टापु जस्तै देखिन्छ । तर यि दुइ नदीले तीनै तिर बाट कटान सुरु भए पछि जोखीम बढेको हो । जोखिम बढे संगै सदरमुकामवासी चिन्तीत बनेका छन् । नदि किनाराका वासिन्दाहरु रातभर जाग्राम बस्ने गरेका छन् । कुन वेला सदरमुकाम बगाउछ भन्ने डरले सदरमुकामवासीहरु चिन्तित भएका छन । 

गत बर्ष असार ३१ गते बाहुलीगाड खोलामा आएको बाढीले सदरमुकामलाई जिल्लाका दक्षिण तथा पश्चिमी क्षेत्रका गाविसहरु जोड्ने झोलुङ्गे पुल बगाएको थियो । सोही दिन आएको बाढीका कारण बाहुलीगाड खोलाले धार परिवर्तन गरी सदरमुकाम तिरको क्षेत्र कटान सुरु गरे पछि सदरमुकामबासीहरु बढी खतराको महसुस गर्न थालेका छन । 

बहुलाहा खोलाको रुपमा चिनिने बाहुलीगाडमा कुन दिन बाढी आउने हो र सदरमुकाम सखाप पार्ने हो भन्ने डरले आफुहरु त्रसित भएको नागरिक समाजका अगुवा धर्मजंग बहादुर सिंहले बताए । पहिला सिमखेत तिर भएर बग्ने बाहुली गाड अहिले  चैनपुर तिर फर्किएको छ’ समयमै नियन्त्रण गर्न नसके ठुलो क्षति निम्त्याउने खतरा रहेको छ उनले भने । 

बाहुली गाढको कटान बढ्दै जा“दा सदरमुकामको पुर्वी भाग बाट बग्ने सेती नदी र पश्चिमी क्षेत्रबाट बग्ने बाहुलीगाढ एउटै रेखामा पर्न सक्ने र यसले सदरमुकामको अस्तित्व नै समाप्त पार्न सक्ने खतरा रहेको उनको भनाई छ । 

बहुलिगाडले बेला बेलामा आफ्नो धार परिवर्तन गर्दै आएको छ ।  ३२ वर्ष देखी नबगाएको झोलुङ्गे पुल त हेर्दा हेर्दै बगायो । चारै तिर बाट कटान गरि रहेको छ कुन वेला बगाएर लैजान्छ भन्ने चिन्ताले पिरोली रहेको छ । मुसलधारे पानी परे राती निन्द्रा लाग्दैन स्थानिय धर्मराज रसाईलीले बताए  ।

बाहुलीगाड क्षति न्युनिकरण तथा सदरमुकाम बचाउन अभियान २०७३ नाम दिइएको स्थानियहरुको दवाब समुहले जिल्ला प्रशाशन कार्यालयमा ज्ञापन पत्र बुझाउनुका साथै तुरुन्त नियन्त्रणको प्रयास गर्न माग गर्दै धर्ना समेत दिएको थियो । सदरमुकाममा कटानको जोखिम बढदै गएको भए पनि यसलाई नियन्त्रण गर्न सरोकारवाला निकायले चासो नदेखाएको सदरमुकामबासीको आरोप छ ।

फोटो क्याप्सन ः बाढीको जोखिममा रहेको बझाङ सदरमुकाम चैनपुर । तस्विर मकरराज धामी कारोवार दैनिक  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते