2026-09-28 10:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

घुम्तीचोक र बतासेका १५ घर पहिरोको उच्च जोखिममा

साउन २५, तेह्रथुम । तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका– ६, मोराहाङस्थित घुम्तीचोक र बतासे बस्तीका करिब १५ घर पहिरोको उच्च जोखिममा परेका छन् । 

सातायता यो क्षेत्रमा परेको भारी वर्षाका कारण यी गाउँका १५ घर पहिरोको जोखिममा परेका हुन् । नजिकको ताङमाया खोलाले निर्माणाधीन जिरीखिम्ती–मोराहाङ सडक खण्डमाथिबाट पहिरो तान्न थालेको छ । 

खहरेखोलामा समेत पानीको बहाव बढेको छ । बस्तीको आडको रुपमा रहेको जमिन लच्किएका कारण घुम्तीचोक र बतासेका बासिन्दाको दुई दिनदेखि निद्रा हराएको छ । चार परिवार भने घर छाडेर छिमेकीको घरमा बसिरहेका स्थानीयवासी नरेन्द्र खापुङले जानकारी दिनुभयो । 

‘पहिरोले घर बगाउने डर भएपछि घुम्तीचोकका चार परिवारले घर छाडेका छन्,’ उनले भने । मंगलबार यहाँका बासिन्दाले जिल्ला प्रशासन कार्यालय, नेपाल रेडक्रस सोसाइटी लगायत संघ संस्थालाई समेत पहिरोले गाउँ नै जोखिममा पारेको बारे जानकारी गराएका छन् । 

पहिराले गाउँनै जोखिममा पारेको भन्ने जानकारी आएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताउनुभयो । उहाँले सचेत भएर बस्न स्थानीयवासीलाई सूचना जारी गरेको बताउनुभयो । ‘ठूलो धन जनको क्षति नहोस् भनेर सतर्कता अपनाउन भनेको छु,’ प्रजिअ खनालले भन्नुभयो । 

पहिरोको जोखिम रहेको क्षेत्रको मेन्छ्यायेम गाउँपालिकाले समेत अनुगमन गरी सचेत रहन भनेको छ । “जुनसुकै बेला पनि पहिरोले गाउँलाई तान्नसक्ने देखिएपछि सचेत रहन भनेको मेन्छ्यायेम गाउँपालिका–६ का वडाध्यक्ष प्रदीप बुढाथोकीले भन्नुभयो,” । घुम्तीचोक भएर जिरीखिम्तीदेखि मोराहाङ, श्रीजुङ, पौठाकबाट सम्दु जोडिने सडक निर्माण भइरहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह