२९ पुष २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

रुपन्देहीमा यस कारण बढ्यो सवारी दुर्घटना

२५ श्रावण २०७४, बुधबार ०७:४८

साउन २५, लुम्बिनी । ट्राफिक सचेतनाका लागि निरन्तर अभियान संचालन हुदैं आए पनि रुपन्देहीमा सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या भने बढ्दै गएको छ । दुर्घटना न्यूनिकरणका लागि सवारी जाँचमा कडाइ र कारबाहीको प्रक्रिया अघि बढाए पनि दुर्घटना कम हुनुको साटो झन बढ्दै गएको छ ।

जिल्लामा आव २०७१/७२ मा १२० वटा सवारी दुर्घटनामा ८३ जनाको मृत्युका साथै ११७ जना घाइते भएका थिए । यसैगरी आव २०७२/७३ मा १८४ वटा सवारी साधान दुर्घटनामा १११ जनाको मृत्यु र २४९ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

आव २०७३/७४ मा २४८ वटा सवारी दुर्घटनामा १२५ जनाको मृत्यु र २९० जना घाइते भएका थिए । यसरी हरेक वर्ष बढ्दो सवारी दुर्घटनाले मृत्यु हुनेका संख्या पनि बढ्दो छ । ठूला सवारीसाधनभन्दा पनि साना सवारीसाधनमा दुर्घटना बढी हुने गरेको प्रहरीको तथ्यांकले देखाएको छ । सडक सञ्जाल र यातायातका साधन बढ्दै जाँदा हरेक वर्ष सवारी दुर्घटना पनि बढ्दो क्रममा छ । 

हालसम्मकै तथ्यांकअनुसार सबैभन्दा बढी दुर्घटना मोटरसाइकलबाट भएको देखिन्छ । मोटरसाइकल दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या पनि बढ्दो छ । आव २०७१÷७२ मा ८६, आव २०७२÷७३ मा १४० र आव २०७३÷७४ मा १९० वटा मोटरसाइकल दुर्घटनामा परेका छन् । ट्रक ५३, कार–जिप ४७, बस ३८, रिक्सा, साइकल तथा ठेला २१, ट्याम्पो चार र अन्य छवटा गरी २४८ वटा सवारी साधन दुर्घटना भएका थिए । 

पछिल्लो समय बढ्दो सवारी साधनको चाप, साँघुरो बाटो, क्षमताभन्दा बढी यात्रु बोक्ने, सडकको जीर्ण अवस्था र सडक निर्माणका नाममा ठेकेदारले सडक निर्माणमा वर्षौं लगाउँदा दुर्घटना बढ्दै गएको ट्राफिक प्रहरी निरीक्षक दक्षकुमार बस्नेतले बताउनुभयो । 

ट्राफिक नियम उल्लंघन, मादक पदार्थ खाएर सवारी चलाउने र तीव्र गतिले सबैभन्दा बढी दुर्घटना भइरहेको उहाँको भनाइ छ । 

दुर्घटनामा चालकको गल्ती बढी 

जिल्लामा भएका सवारी दुर्घटनामा धेरै चालकको गल्तीका कारण भएको अनुसन्धानले देखाएको छ । ट्राफिक प्रहरी निरीक्षक बस्नेतका अनुसार चालकको लापरबाहीका कारण १५९ वटा सवारी साधन दुर्घटना भएका छन् । त्यस्तैगरी तीव्र गतिका कारण ६८, मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा छ, उछिन्दा चार, यान्त्रिक गडबडी (ब्रेकफेल, स्टेयरिग फेल) जस्ता कारणले चार, यात्रुको गल्तीका कारण तीन, सडक चौपायाका कारण एक र सडकको अवस्थाले गर्दा एउटा सवारी साधन दुर्घटना भएको छ । 

मापसे गरी हाँक्ने पनि बढ्दो 

रुपन्देहीमा मापसे गरी सवारीसाधन हाँक्दा कारबाही हुनेको संख्या पनि वर्षेनी बढ्दै गएको छ । आव २०७१÷७२ मा २८६ जना, आव २०७२÷७३ मा ५८२ जना र आव २०७३÷७४ मा मापसेबाट एक हजार १२७ जना कारबाहीमा परेका छन् । कारबाहीस्वरुप ६३६ वटा लाइसेन्समा प्वाल पारिएको छ, जसमध्ये ३१९ भैरहवा क्षेत्रका छन् भने ३१७ बुटवल क्षेत्रअन्तर्गतका हुन् । 

तीन करोड ८८ लाख राजश्व संकलन 

ट्राफिक प्रहरी कार्यालयले आव २०७३÷७४ मा रु तीन करोड ८८ लाख ४४ हजार राजश्व संकलन गरेको छ । ट्राफिक नियम विपरीत चलेका ६६ हजार २७४ सवारी साधनलाई कारबाही गर्दा सो राजश्व संकलन भएको कार्यालयले जनाएको छ । 

सबैभन्दा बढी २१ हजार १३९ ट्रक कारबाहीमा परेका छन् जसबाट रु एक करोड २१ लाख आठ हजार ५०० राजश्व संकलन भएको छ । 

त्यसैगरी पाँच हजार ८१२ वटा बस कारबाहीमा पर्दा रु ३३ लाख ४० हजार ५००, १० हजार ६३९ साना कारजिप भ्यानबाट ५९ लाख ३६ हजार, १० हजार ९६१ वटा मोटरसाइकल र स्कुटीबाट ९१ लाख ८९ हजार ५००, ट्र्याक्टरबाट ६८ लाख ५१ हजार तथा अन्य दुई हजार २०० सवारीसाधनबाट १४ लाख २७ हजार राजश्व संकलन भएको कार्यालयले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? अख्तियारद्वारा सिँचाइ विभागका इन्जिनियरविरुद्ध अकूत सम्पत्ति कमाएको अभियोगमा मुद्दा दायर चर्चित ‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन आज पाँच संसदीय समितिको बैठक बस्दै पुसको अन्तिम दिन, काठमाडौंको तापक्रम कति ? रवि लामिछानेविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस सुरु हुँदै श्रीस्वस्थानी व्रतकथा आजदेखि सुरु सोमबारको विदेशी मुद्राको विनिमय दर, हेर्नुहोस ! देशको यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना रवि लामिछानेलाई भद्रकालीको हिरासतमा राखिने, सोमबार अदालत हाजिर गरिने केरलामा दलित छात्रालाई सामूहिक बलात्कार, ६४ आरोपितमध्ये २० जना पक्राउ एनपीलगत्तै चन्द्र भण्डारीलेपनि गरे अध्यादेशको विरोध ओलीप्रति नेपालको कटाक्ष : अनुहार नै हेर्न मन लाग्दैन भन्नेहरू सत्ताका लागि मसँग दौडिएर आए ८४ को चुनावपछि मात्र कांग्रेस महाधिवेशन हुन्छ : शशाङ्क कोइराला रवि लामिछानेलाई फेरि पठाइयो हिरासत पाँच वर्षमा कृषि अनुदानमा १ खर्ब ७ अर्ब खर्च बाघको आक्रमणमा परी बर्दियामा महिलाको मृत्यु रवि लामिछानेको बयान सकियो, अब थुनछेक बहस हुने मकवानपुरमा दुई भारतीयसहित तीन जना प्रहरी नियन्त्रणमा नेकपा एससँग एकता गर्न हच्किए वामदेव गौतम, अभियानको बैठक अनिर्णित