साउन २५, पोखरा । कास्कीको माछापुछ्रे गाउँपालिका–५ रिभान पाथ्रेका १३ बाढीपीडित परिवारलाई राहत वितरण गरिएको छ । 

कास्कीका प्रमुख जिल्ला अधिकारी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २५, पोखरा । कास्कीको माछापुछ्रे गाउँपालिका–५ रिभान पाथ्रेका १३ बाढीपीडित परिवारलाई राहत वितरण गरिएको छ । 

कास्कीका प्रमुख जिल्ला अधिकारी"/>

2026-09-19 02:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

माछापुछ्रे गाउँपालिकाका बाढीपीडितलाई राहत वितरण


साउन २५, पोखरा । कास्कीको माछापुछ्रे गाउँपालिका–५ रिभान पाथ्रेका १३ बाढीपीडित परिवारलाई राहत वितरण गरिएको छ । 

कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी आज घटनास्थलमै पुगी जिल्ला प्रशासन कार्यालयका तर्फबाट हरेक बाढीपीडित परिवारलाई रु १५ हजार नगद, त्रिपाल र कम्बल वितरण गर्नुभएको हो । 

त्यस्तै, नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति वामदेव ढुंगानाले संस्थाको तर्फबाट ५० केजी चामल, कम्बल, भाँडाकुँडा, लत्ताकपडा लगायतका सामान वितरण गर्नुभयो । 

सो गाउँमा बाढीबाट अन्दाजी रु दुई करोड ८२ लाख ४५ हजारभन्दा बढीको धनमाल क्षति भएको घटनास्थलमा पुगेका प्रहरी सहायक निरीक्षक बिलबहादुर थापाले जानकारी दिनुभयो । 

यस्तै, बाढीले हुम्दी खहरे खोलाको मोटरेबल पुल र कल्भर्ट पुल, बिजुलीको खम्बा, ट्रान्सफर्मर बगाउँदा रु ७६ लाख बराबरको सरकारी क्षति भएको छ । बाढीले विद्युत्को ट्रान्सफर्मर र खम्बा बगाउँदा गएरातिदेखि नै गाउँ अन्धकार बनेको छ । 

बाढीले एक गाई, चार बाख्रा र ५२५ भन्दाबढी कुखुरा पनि पुरेको छ । माथिबाट पहिरो आउँदै छ भन्ने सूचना पाएपछि घरमा सुतेका सबै गाउँले भागेर सुरक्षित स्थानतर्फ लागेकाले मानवीय क्षति भने हुन पाएन । 

बाढीपीडित अहिले आफन्तको घरमा आश्रय लिएर बसिरहेका छन् । भीषण वर्षासँगै हुम्दी खहरे खोला गाउँमा पसेको थियो । बाढीले घरमा राखेको अन्नपात, लत्ताकपडा र खेतबारीमा लगाएको धानबाली सबै नष्ट भएको प्रहरी सहायक निरीक्षक थापाले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो