सास ।साउन २७, बर्दिया । 

जिल्ला युवा समितिको कार्यालय बर्दियाले १७औं अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा आयोजना गरेको मा.वि. स्तरीय वक्तृत्वकला प्रतियोगितामा विद्या ज्योति माध्यमिक विद्यालय बढैयाताल ७ का सोयव रजा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास ।साउन २७, बर्दिया । 

जिल्ला युवा समितिको कार्यालय बर्दियाले १७औं अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा आयोजना गरेको मा.वि. स्तरीय वक्तृत्वकला प्रतियोगितामा विद्या ज्योति माध्यमिक विद्यालय बढैयाताल ७ का सोयव रजा "/>

२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

हजाम भए वक्तृत्वमा प्रथम : अन्तर्राष्ट्रिय युवा दिवस भव्यताका साथ मनाइने

२७ श्रावण २०७४, शुक्रबार ११:२२

सास ।साउन २७, बर्दिया । 

जिल्ला युवा समितिको कार्यालय बर्दियाले १७औं अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा आयोजना गरेको मा.वि. स्तरीय वक्तृत्वकला प्रतियोगितामा विद्या ज्योति माध्यमिक विद्यालय बढैयाताल ७ का सोयव रजा हजामले प्रथम स्थान हासिल गर्नुभएको छ ।

‘शान्ति प्रवद्र्धनका लगि युवाको भूमिका’ विषयक मा.वि. स्तरीय वक्तृत्वकला प्रतियोगितामा बबई बहुमुखी क्याम्पसकी गायत्री शर्मा द्वितीय, बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालय गुलरियाकी सरस्वती उपाध्याय तृतीय हुनुभएको छ भने बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालयकै सहभागी प्रतियोगी सोनम पुनले सान्त्वना स्थान प्राप्त गर्नुभएको छ । 

युवाहरुमा युवा दिवसको सान्दर्भिकता र शान्ति प्रवद्र्धनका लागि उनीहरुको भूमिकालाई आत्मसाथ गर्न उत्प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संयोजक तथा जिल्ला युवा समितिका कार्यालय प्रमुख नीलकण्ठ रेग्मीले बताउनुभयो । 

कार्यक्रममा जिल्ला युवा सञ्जालका अध्यक्ष केशव टमाटाको समेत उपस्थिति रहेको थियो । 

प्रतियोगिताको निर्णायकमा जिल्ला शिक्षा कार्यालयका स्रोत व्यक्ति प्रमोद कुमार तिमिल्सिना र विद्यालय निरीक्षक वीर बहादुर धामी रहुनभएको थियो । 

यसैबीच १७औं अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा जिल्ला युवा समितिको कार्यालयले शनिबार विहान ८ बजे सदरमुकाम गुलरियास्थित राधाकृष्ण चोकदेखि प्रभात फेरिको आयोजना गरेको छ । प्ले कार्ड तथा व्यानरसहित जिल्ला समन्वय समितिको सभाहलमा पुगेर औपचारिक कार्यक्रममा परिणत हुने र सो समारोहलाई जिल्लास्थित विभिन्न विद्वान व्यक्तित्वहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको कार्यक्रमका संयोजक रेग्मीले सास बर्दियालाई बताउनुभयो । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की