१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा टेलिफोन सेवा अवरुद्ध, सेवा ग्राहीलाई हैरानी

२७ श्रावण २०७४, शुक्रबार १२:२५

नन्द बहादुर रोकाया/साउन २७, मुगु । एक साता देख नेपाल टेलीकमको सेवामा बारम्बार समस्या आउदाँ सेवा ग्राही हैरानी भएका छन । 

नेपाल टेलीकम मार्फत वितरण भएका सिमहरुको सिग्नल आउने जाने समस्याले सेवाग्राही हैरान भएका हुन  । नेपाल टेलिकमद्धारा वितरित जिएसएम,सिडिएमए मोवाईल र एडिएसएल ईन्टरनेट सेवाका सिग्नलहरु आउने जाने गर्दा सेवाग्रहीहरु हैरान भएका  सेवाग्राहीले बताएका छन । 

यता नेपाल टेलिकम मुगु शाखाका प्रमुख कमल प्रसाद केसीका अनुसार  मुगु मात्र नभएर कर्णाली कै ५ वटै जिल्लामा समस्या देखिएको बताउनुभयो । नेटवर्कमै समस्या आउदा भ्वाईस प्रष्ट सुनिदैन,एडिएसएलको सिग्नल नै छैन र अफिस नेटवर्कमा समस्या देखिएको समेत कार्यलय प्रमुख केसीको भनाई छ । 

संचार सेवामा आएको समस्यहरु बारे क्षेत्रिय कार्यालय नेपालगंजलाई पत्र र मौखिक जानकारी गरिसकेको र क्षेत्रिय कायालयले दिईएको जानकारी अनुसार नेपालगंजबाट रेडियो लिंक मार्फत पठाईएका डाटा कर्णालीका ५ वटै जिल्लाहरुमा कम भएकाले कहाँको रिपिटर टावरमा डाटा कम भयो भनेर प्राविधिकहरुले दैलेखको रानीमता, कालिकोटको भरता र जुम्लाको माईथाप्ला डाँडामा रहेका रिपिटर टावरमा चेक गर्ने काम भईरहेको नेपाल टेलिकम जिल्ला शाखा मुगुले जनाएको छ । 

सबै टावरमा चेक गदै प्राविधिकहरु मुगु र डोल्पासम्म पुग्ने र अन्य जिल्लामा भन्दा डोल्पा,हुम्ला र मुगुमा नेटवर्कको बढी समस्या देखिएने गरेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु