Skip to content
Friday, July 17, 2026 Nepali Online Media

चुहानडाँडामा कांग्रेसको प्रशिक्षण

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

congresप्रकाश धौलाकोटी । तेह्रथुम, २२ मंसिर । तेह्रथुम चुहानडाँडा गाविसमा आज नेपाली कांग्रेसको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । छातेढुंगा र चुहानडाँडा गाविस कांग्रेस अगुवा कार्यकर्ता तथा स्थानीयबासीहरु सहभागी कार्यक्रममा नेपालको नयाँ संविधानका अन्तरवस्तु, संविधान निर्माणमा नेपाली कांग्रेसले खेलेको भूमिका, जिल्लाको विकास निर्माण र आसन्न १३ औँ महाधिवेशनका बारेमा छलफल भएको थियो ।

कांग्रेस तेह्रथुमका सभापति गोविन्द ढुंगानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कांग्रेस जिल्ला कार्यसमितिका कोषाध्यक्ष सन्तोष सुब्बा, तरुण दल अध्यक्ष तथा जिल्ला सदस्य विपीन सुब्बा, आठराई क्षेत्रीय कार्यसमितिका सभापति भीष्म थपलिया, जिल्ला कार्यसमिति सदस्य हेमन्त गुरुङ, प्रजातन्त्रबादी प्राध्यापक संघका सचिव टिकाराम रिजाल, पुर्वसभापति दिपकराज उप्रेती, कर्मचारी युनियनका सभापति अम्बिका चुँडाल लगायतले नयाँ संविधान लगायत विषयमा आ–आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रम नेपाली कांग्रेस गाउँ कार्य समिति चुहानडाँडाका सभापति लक्ष्मीप्रसाद बाँस्कोटा अध्यक्षतामा सम्पन्न भएको हो ।

सरकारले नयाँ संविधानबारे प्रचारात्मक अभियान थालेकै दिनबाट तेह्रथुममा नेपाली कांग्रेसले पनि संविधानबारे प्रशिक्षण कार्यक्रम थालेको हो । जिल्लाका सबै गाविस र नगरपालिकामा पुगेर स्थानीय र आफ्ना कार्यकर्ताहरुलाई नयाँ संविधानबारे बुझाउन अभियान थालिएको कांग्रेस तेह्रथुमका सचिव अर्जुन तुम्बाहाम्फेले बताउनुभयो ।