२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

माटोको घर भत्किँदा रुपन्देहीमा एक जनाको मृत्यु

२०७४, ३० श्रावण सोमबार ०६:५०

साउन ३०, लुम्बिनी । विगत चार दिनदेखि लगातार परेको अविरल वर्षाका कारण रुपन्देहीको कोटइमाई गाउँपालिका– १ सिपुवामा एक कच्ची घर भत्किँदा एक जनाको मृत्यु भएको छ । 

जिल्लाको मर्चवार क्षेत्र अन्तर्गत पर्ने कोटहीमाई गाउँपालिका– १ सिपुवामा माटोको घर भत्किँदा १५ बर्षीय रोसन हरिजनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

हरिजनको बाबु फागु हरिजन र आमा शिला हरिजन घाइते भएकाले उनीहरुको भैरहवामा उपचार भइरहेको छ । लगातारको वर्षाका कारण रुपन्देही जिल्लाका केही क्षेत्र डुबानमा परेका छन् । जिल्लाको मर्चवार, लुम्बिनी, धकधई, भैरहवा, तिलोत्तमा नगरपालिकाका केही क्षेत्र डुबानमा परेका छन् । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता बेलबहादुर पाण्डेकाअनुसार सिद्धार्थनगर नगरपालिका– ६ गल्लामण्डीस्थित दुर्गा मन्दिर नजिकका– चारवटा घर र कोटहीमाई गाउँपालिका– १ भुजौलीमा एउटा घर डुबानमा परेको छ । 

डुबानमा परेका व्यक्तिलाई उद्धार गरेर सुरक्षित स्थानमा लगिएको प्रवक्ता पाण्डेले जानकारी दिनुभयो । लगातारको वर्षाले जिल्लाका अधिकांश भाग जलमग्न भएका छन् भने सडक र घरमा पानी पसेको छ । प्रहरीले सतर्कता अपनाउँदै जोखिममा परेकालाई सुरक्षित स्थानमा सारिरहेको जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते