पढ्न करिब 4 मिनेट लाग्छ

हिल्सा–चिन सिमा क्षेत्र ।

रेशम राज रोकाय/साउन ३१, हुम्ला । हुम्लाको सिमामा रहेको चिनको तिब्बतको पुराङ्ग काउण्टीमा रहेको भन्सारका कर्मचारीले नेपाली व्यापारीलाई दुव्र्यवहार गरी सामान समेत खोसेका छन् ।

सोमबार बेलुका एक समूह आई नेपाली व्यापारीको पसलबाट सामान खोसेर लगेका हुन् । नाम्खा गाउँपालिका वडा नं. १ हुम्लाका व्यापारी लामु लामाका अनुसार हिजो चिनियाँ एक भन्सारको समूह आई पसलबाट सम्पूर्ण सामान उठाई लगेर गएको बताउनु भयो ।

पुराङ्ग काउण्टीमा हुम्लाका ३० वटा भन्दा बढी व्यापारीले विगत १५ वर्ष देखी पसल सञ्चालन गर्दै आएको र सामान किनवेच गर्दै आईरहेका छन् । चिनियाँ भन्सारको कर्मचारीको समूह आएर जवरजस्ती पसलमा राखिएका सामान उठाएर भन्सार कार्यालयमा लगेर गएको नेपाली व्यापारीले बताएका छन् ।

हुम्लाका करिब १४ वटा पसलबाट मनोमानी ढंगले सामान उठाएर लगेको हुनाले यति नै बराबरको सामान लगेको तथ्याँक नभएको भएता पनि १ करोड बराबरको सामान उठाएर लगिएको बताईएको छ ।

नेपाली व्यापारीले त्यहाँको भन्सार कार्यालयबाट नेपाली गलैंचा, हस्तकलाका सामान लगायतका सामान पुराङ्ग काउण्टीको ताक्लाकोटमा बेच्ने गरेका थिए । हस्तकलाका सामानमा त्यस क्षेत्रको स्थानिय सरकारले छुट नै दिएको र भन्सार तिर्न नपर्ने प्रावधान रहेको बुझिएको छ ।

त्यसै गरी अन्य सामान आफुहरुले भन्सार तिरेर ल्याएको समेत नेपाली व्यापारीले बताएका छन् । त्यसै गरी सामानमा भन्सार तिरेको बिलभ ने चिनियाँ प्रहरीले नै राख्ने गरेको र आफुलाई नदिने अनि बेला बेलामा त्यही बिलको निहुँ पारेर सामान खोस्ने गरेको समेत व्यापारीले बताए । हुम्लाका पसले व्यापारीको पसलबाट हिजो मात्र १ करोड बराबरको घरेलु हस्तकलाका सामान चिनिया भन्सार कर्मचारीको समूहले खोसेको समेत हुम्ला नाम्खा १ का उत्तम लामाले बताउनु भयो ।

चिनियाँ भन्सार कार्यालय तथा सिमा सुरक्षा चौकी ।

हुम्ला जिल्लाका प्रमूख जिल्ला अधिकारी चिनको तिब्बतामा रहेको मानसरोवरर दर्शनको लागि गएको हाल उहाँ नेपालको सिमाना हिल्सामा रहनु भएको साथै यो समस्या सम्वन्धमा आफुले प्रमूख जिल्ला अधिकारी धनप्रसाद शर्मा पौड्याललाई भनिसकिएको सहायकप्रमूख जिल्ला अधिकारी रिद्धी प्रसाद सिटौलाले बताउनु भयो ।

सिटौलाका अनुसार नेपालीले अवैध भन्सार छलीको सामानमात्र चिनियाँ भन्सार कर्मचारीले लगेर गएको प्रारम्भिक अध्ययनले देखिएको समेत जानकारी गराउनु भयो । नेपाली व्यापारीमाथी भएको दुव्र्यव्यवहार र के भएको भन्ने बारेमा प्रमूख जिल्ला अधिकारीले नै बुझ्ने र समस्या समाधानमा लाग्ने समेत सहायक प्रमूख जिल्ला अधिकारीले बताउनु भयो ।

यता नेपालमा चिनियाँ उप प्रधानमन्त्री वाङ्ग याङ्गको टोली नेपाल भ्रमणमा आएको बेला यस्तो घटना हुनुले नेपाल चिन सम्वन्धमा समेत खलल पार्न सक्ने यहाँका स्थानियले शंका व्यक्त गरेकाछन् । स्थानियका अनुसार हिजो भ्रमण टोली नेपाल आउनु र हिजो मात्र यो समस्या आउनुले नेपाल चिन विच रहेको दौत्य सम्वन्धमा असर पर्ने साथै अबको दिनमा नेपाल र चिनको सम्वन्ध कस्तो रहने भन्ने पनि निक्र्यौल गर्न सक्ने बताउनु भयो ।

आज मात्रै नेपाल र चीन विच तिन वटा सम्झौता पत्रमा हस्ताक्षर गरिएको पेट्रोलियम पदार्थ र ग्याँस अन्वेषणमा नेपाललाई सहयोग गर्ने भनिएता पनि यता नेपाली व्यापारीमाथि यस्तो घटना हुनु दुभाग्र्य भएको बताउन थालेका छन् ।

चिनको ताक्लाकोट बजारमा नेपालीले बर्षौंदेखी हस्तकलाका सामान फुरु (काठबाट बनेको चिया खाने कप), जो चाँदीको लेप समेत लगाईएको प्रति कप नेपालीले ४ हजार ५ सय देखी १ लाख सम्ममा नै विक्रि वितरण गर्दै आएको पाईन्छ । त्यसै गरी नेपाली गलैंचा, जडिबुटी लगायतका सामान समेत सो क्षेत्रमा विक्रि हुने गरेको छ । चिनियाँ बजारबाट दैनिक उपभोग्यका सामान चामल, मैदा र तयारी कपडा नेपालमा पैठारी हुने गरेको छ ।

बर्षेनी अरबौंको सामानको व्यापार आयात र निर्यात हुने गरेको ताक्लाकोटमा रहेका नेपाली व्यापारीले हिजो बाट नै पसल बन्द गरेर बस्नु परेको छ । आज नै भएको चिनियाँ भ्रमण टोलीसँगको सम्झौतामा तातोपानी नाका खुलाउन चिनियाँ सकरात्मक भएको भएता पनि यता हुम्लाको उत्तरमा रहेको हिल्सा नाकामा भएको यो घटनाले चिनियाँ भ्रमणटोलीसँगको सम्झौता के हुने भन्ने स्थानियले तर्क वितर्क गर्न थालेका छन् ।