2026-10-18 03:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

पाँच दिनदेखि विद्युत अवरुद्ध हुँदा तेह्रथुमको जनजीवन कष्टकर

साउन ३१, तेह्रथुम । पाँच दिनदेखि विद्युत अवरुद्ध हुँदा पहाडी जिल्ला तेह्रथुम सहित पुर्वको जनजीवन कष्टकर बनेको छ । निरन्तर वर्षासँगै दुहवी स्टेशनबाटै विद्युत अवरुद्ध भएपछि पुर्वी पहाडी जिल्ला तेह्रथुमको जनजीवन कष्टकर बनेको हो । 

सदरमुकाम म्याङलुङ सहित बसन्तपुर, जिरीखिम्ती, मोराहाङ, पोक्लाबाङ लगायत बजारमा सन्चालित उद्योग, व्यवसाय तथा बैंकहरुको सेवा ठप्प भएको छ । विद्युत नहुँदा उद्योगी व्यापारी प्रत्यक्ष नोक्सानमा परेका छन् भने जिल्लाबासीको जनजीवन कष्टप्रद बनेको छ । यहाँ सन्चालित तीन वटा रेडियोमध्ये दुई वटाले चार दिनदेखि ठप्प छन् भने रेडियो मेन्छ्यायेमले प्रशारण समय छोट्याएर सेवा दिइरहेको छ । 

बाढीले क्षति गरेपछि मर्मत गर्न ढिलाई हुँदा तथा बाटो बाटोमा भत्किएको जडानलाई मर्मत गर्न समय लागेकाले विद्युत लामो समयसम्म अवरुद्ध भएको प्राधिकरणको तेह्रथुम वितरण केन्द्रले जनाएको छ । 

छिमेकी जिल्लाहरु धनकुटा, संखुवासभा, भोजपुर, पाँचथर, ताप्लेजुङ लगायत जिल्लामा पनि निरन्तर विद्युत अवरुद्ध छ । स्थानीयले अन्धकारमा रात कटाउन बाध्य बनेका छन् । मोवाइल समेत चार्ज नहुँदा सूचना र सन्चार सम्पर्क समेत विच्छेद भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु