४ श्रावण २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

सक्रान्तिबजारमा कांग्रेसको प्रशिक्षण

२३ मंसिर २०७२, बुधबार २०:०५

प्रकाश धौलाकोटी/मङ्सिर २४, तेह्रथुम । तेह्रथुमको सक्रान्तिबजारमा आज नेपाली कांग्रेसको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

सक्रान्तिबजार, खाम्लालुङ र थोक्लुङ गाविसका कांग्रेस अगुवा कार्यकर्ता तथा स्थानीयबासीहरु सहभागी कार्यक्रममा नेपालको नयाँ संविधानका अन्तरवस्तु, संविधान निर्माणमा नेपाली कांग्रेसले खेलेको भूमिका, जिल्लाको विकास निर्माण र आसन्न १३ औँ महाधिवेशनका बारेमा छलफल भएको थियो ।

कांग्रेस तेह्रथुमका सभापति गोविन्द ढुंगानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पुर्वसभापति भिम इस्वो, कांग्रेस जिल्ला कार्यसमितिका कोषाध्यक्ष सन्तोष सुब्बा, तरुण दल अध्यक्ष तथा जिल्ला सदस्य विपीन सुब्बा, जिल्ला कार्यसमिति सदस्य भुवनसिंह चोङवाङ, आठराई क्षेत्रीय कार्यसमितिका सभापति भीष्म थपलिया, जिल्ला कार्यसमिति सदस्य हेमन्त गुरुङ लगायतले नयाँ संविधान लगायत विषयमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।

कार्यक्रम नेपाली कांग्रेस गाउँ कार्य समिति सक्रान्तिबजारका सभापति भोला काफ्लेको अध्यक्षतामा सम्पन्न भएको हो । सरकारले नयाँ संविधानबारे प्रचारात्मक अभियान थालेकै दिनबाट तेह्रथुममा नेपाली कांग्रेसले पनि संविधानबारे प्रशिक्षण कार्यक्रम थालेको हो ।

जिल्लाका सबै गाविस र नगरपालिकामा पुगेर स्थानीय र आफ्ना कार्यकर्ताहरुलाई नयाँ संविधानबारे बुझाउन अभियान थालिएको नेपाली कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिका द्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, एकको मृत्यु अफगानिस्तानमा सडक दुर्घटना, ४ जनाको मृत्यु भारतको बेङ्गलुरुमा ४० विद्यालयलाई बमको धम्की, खोजतलासपछि केही फेला परेन गाजामा खाद्य सङ्कट गहिरिँदै, संयुक्त राष्ट्रसङ्घको गम्भीर चिन्ता “युरोपेली सङ्घप्रति बोस्नियाली जनताको विश्वास कायमै” पूर्णिमाको ह्याट्रिकसहित नेपालको पहिलो हाफमै ६ गोल को अग्रता एमाले पोलिटब्युरो बैठकः उपाध्यक्षको प्रतिवेदनमा छलफल जारी पोखरामा चिनियाँ तस्बिर प्रदर्शनी मधेसको चार सय ४२ हेक्टर वन अतिक्रमण मुक्त ईश्वर पोखरेल र कर्ण थापाको फेसबुक पोस्ट विवादको केन्द्रमा,कारबाही गर्न माग काभ्रेमा यात्रुबाहक बस दुर्घटनामा,२३ जना घाइते प्रकाशमान सिंहको संकेत: “अबको सभापति म नै होस् भन्ने कार्यकर्ताको चाहना छ” तनहुँमा चैतेधान प्रवर्द्धन आयोजनाबाट ११७७ मेट्रिकटन उत्पादन नयाँ ट्रेन्ड: रेस्टुरेन्टमा खानाको बहानामा प्रेम खोज्दै महिलाहरू १२ वर्ष कान्छो श्रीमान्को कुटाइबाट ५० वर्षीया श्रीमतीको मृत्यु कर्ण थापालाई ओलीको चेतावनी – ‘कारबाहीको कुरा भोलि थाहा हुन्छ’ चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माणः प्रधानमन्त्री एमाले पोलिटब्युरो बैठक सुरु अमेरिकाको मध्यस्थतामा सिरिया–इजरायल युद्धविराम, ड्रुज क्षेत्र अझै अशान्त