२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

म्याद गुज्रेका खाद्यान्न वितरण नगर्न निर्देशन

२०७४, २ भाद्र शुक्रबार ०६:३४

भदौ २, राजविराज । जिल्ला दैवीप्रकोप उद्धार समिति, सप्तरीमार्फत बाढी प्रभावित क्षेत्रमा वितरण गरिएको सबै खाद्य सामग्री शुद्ध, गुणस्तरीय र मापदण्डअनुसार भएको प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले दाबी गर्नुभएको छ । 

सप्तरीको बाढीपीडितलाई केही स्थानमा वितरण गरिएको खाद्य पदार्थ तथा औषधिलगायतका सामग्री गुणस्तरहीन, म्याद नाघेका भेटिएको भन्ने समाचार बाहिर आएकोप्रति जिल्ला प्रशासन कार्यालय, सप्तरीको ध्यानाकर्षण भएको उहाँले आज जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ । 

यो सत्यतथ्य कुराको छानबिन भइरहेको जानकारी दिँदै सम्बन्धित सबैमा जिम्मेवाररुपमा प्रस्तुत हुनसमेत उहाँले अनुरोध गर्नुभयो । 

अफवाहको पछाडि नलाग्न सम्बन्धित सबैलाई आग्रह गर्दै कुनै पनि व्यक्ति, संस्था वा निकायलाई म्याद नाघेका, गुणस्तरहीन औषधि तथा खाद्य पदार्थ बाढी प्रभावित क्षेत्रमा वितरण नगर्न र नगराउनु हुनसमेत प्रजिअ पाण्डेले विज्ञप्तिमार्फत सचेत गराउनुभएको छ । 

यदि त्यस्तो कार्य कोही कसैले गरेको पाइएमा त्यसलाई कानूनबमोजिम कारबाही हुने प्रेस विज्ञप्तिमा उल्लेख छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते