तराईका बाढि पिडितहरुका लागि मुगुमा राहत संकलन

Posted on: 18 Aug, 2017


नन्द बहादुर रोकाया/भदौ २, गमगढी । केहि दिन अघि तराईका बिभिन्न जिल्लामा अविरल बर्षा संगै आएको बाढीले भगनाबिशेष सहित मानव तथा धन जन क्षेति भएका बाढी पिडितका लागी आज  मुगु सदरमुकाम गमगढीमा राहात संकलन गरीएको छ । 

एक क्षेत्रका नागरिकलाई दुख पर्दा अर्को क्षेत्रका नागरिकलाईे सहयोग गर्नुपर्ने भन्दै नेपाली काग्रेशको आयोजनामा सदरमुकाम गमगढीमा रात सकंलन गरिएको हो । नेपाली काग्रेस मुगको आयोजनामा हिजो बाट शुरु गरीएको राहात संकलनमा पहिलो दिन २८ हजार २ सय ३५रुपैया संकलन भएको नेपाली काग्रेश मुगुका कार्यवाहक सभापती गजेन्द्र बहादुर मल्लले जानकारी दिनुभयो । 

तराईका बिभिन्न जिल्लाहरु सहित अन्य जिल्लाहरुमा आएको बाढि तथा पहिरोका कारण मृत्यु भएका परिवार, घाईते लगायतको सहयोगका लागी राहत संकलन गरीएको कार्यवाहाक सभापति  मल्लको भनाई छ । हिजो देखि अभियान थालेको र पहिलो दिनमा २८ हजार २ सय ३५रुपैया राहात संकलन भएको  छ । मुगु बाट तराईका बाढी पिडितका लागी ८० हजार देखि १ लाख सम्म राहात संकलन गर्ने लक्ष्य रहेको बताईएको छ । 

राहात संकलन  आज र भोलीपनी संकलन गरीने र संकलित राहातलाई नेपाल सरकारको दैवि प्रकोप तथा राहात उद्धार कोष मार्फत सम्बन्धीत पिडितहरुको हातमा पर्ने गरी पठाईने छ । 

तराईमा बाढीले उत्पन्न भएको विपत्ती लाई सानो भएपनी राहात रकम दिई सहयोग गर्ने सदरमुकाम बासी , मुगबासी होटल ब्याबसायि उधोगी लगायत सबैलाई नेपाली काग्रेश मुगुले धन्यवाद समेत दिईएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!