२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

बाढी प्रभावित क्षेत्रमा एमालेको स्वयम्सेवक टोली

२०७४, २ भाद्र शुक्रबार १२:३५

भदौ २, मोरङ । अविरल वर्षापछि आएको बाढीले पूर्णरुपमा विस्थापितलाई पुनःस्थापना गराउन नेकपा (एमाले) मोरङले आजदेखि स्वयम्सेवक टोली परिचालन गरेको छ । 

स्वयम्सेवकले बाढीबाट क्षति भएका घरको पुनःनिर्माण, मर्मतसम्भार तथा मरेका पशुपक्षीको व्यवस्थापन गर्ने एमाले मोरङका अध्यक्ष विनोद ढकालले जानकारी दिनुभयो । अभियानको प्रारम्भ विराटनगर–१ स्थित परोपकारघाट आसपासबाट सुरु भएको छ । 

त्यस क्षेत्रमा बाढी पस्दा दर्जनौँ घर पूर्ण रुपमा डुबेका थिए । बाढी घटेपछि मरेका पशुपक्षीको दुर्गन्ध फैलँदा विभिन्न प्रकोप फैलन सक्ने जनाई स्वयमसेवकलाई सोही क्षेत्रबाट परिचालन गरिएको छ । 

राहत वितरण 

रतुवामाई नगरपालिका–५ गोविन्दपुरका बाढीपीडितलाई अनेरास्ववियु इलामले आज रु चार लाख बराबरको राहत वितरण गरेको छ । अनेरास्ववियुका अध्यक्ष ईश्वर तामाङका अनुसार खाद्य सामग्री, लत्ताकपडा, त्रिपाल, प्राथमिक उपचारका सामग्रीलगायत वितरण गरिएको हो । 

बाढीपिडितको सहयोगका लागि अनेरास्ववियुले जिल्लाका विभिन्न स्थानबाट राहत सामग्री संकलन गरी रतुवामाई–५ का वडाध्यक्ष कन्हैयालाल राजवंशीलाई हस्तान्तरण गरेको हो । सांसद ऋषिकेश पोखरेल, जिल्ला समन्वय समिति मोरङका सभापति नरेश पोखरेललगायतले राहत सामग्री हस्तान्तरण गर्नुभएको थियो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते