२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

शिक्षक नियुक्तिको विषयमा हुम्लाको विद्यालयमा तोडफोड

२०७४, ४ भाद्र आईतवार ०१:३१

रेशम राज रोकाय/भदौ ४, हुम्ला । हुम्लाको एक विद्यालयमा शिक्षक नियुक्तिको विषयमा विवाद हुँदा विद्यालयमा तोडफोड भएको छ । 

गत साउन ३० गते श्री कोट माध्यमिक विद्यालय, रोडिकोटमा विद्यालय व्यवस्थापन समितिको वैठक बसी सकेपछि सोही राती एक समूहले विद्यालयको झ्याल फोडेर विद्यालयको सम्पूर्ण तथ्याँक नामेट हुने गरी नष्ट गरिएको छ । 

कुन समूहले हो थाहा एकिन नभएको भएता पनि राती आएर विद्यालयको विद्यार्थी र शिक्षकको हाजिर रजिष्टर, यसै वर्ष माध्यमिक शिक्षा उतीर्ण परीक्षामा उतीर्ण भएका विद्यार्थीको लव्धाँक पत्र, गत वर्षका आर्थिक विवरणको अडिट गरेको कागजात, बैंकको चेकबुक लगायतका सामाग्री नष्ट गरिएको छ ।

व्यवस्थापन समितिको बैठक सकिएको राती यो घटना हुनुले व्यवस्थापन समितिको निर्णयलाई लिएर हुन सक्ने स्थानियले बताएका छन् । यसको बारेमा बुझ्नको लागि प्रधानाध्यापक नेत्र बहादुर शाहीले आफुलाई मार्ने समेत धम्की दिने गरेको बताउनु भयो । 

कक्षा ११ र १२ सञ्चालन गर्नको लागि यसै शैक्षिक वर्षबाट अनुमति लिई भर्ना लगिरहेको बेला तोडफोड गरिएको छ । प्रधानाध्यापक नेत्रलाल हमालले यस अघि विद्यालयमा आवश्यक पर्ने जनशक्ति र शिक्षकको नियुक्ति भईसकेको, हाल विद्यालयको आर्थिक अवस्थाले नयाँ शिक्षक नियुक्त गर्न नसक्ने बताए पछि सर्केगाढ गाउँपालिकाको वडा नं. ७ का वडाअध्यक्ष कृष्णप्रसाद जैशीले बेला बेला आफ्नो मान्छे नियुक्त गर्नु पर्नेमा अडान लिँदै आएको प्रधानाध्यापक हमालले बताए । वडा अध्यक्षले आफ्नो प्यानलका भोटान बहादुर छत्याललाई नियुक्त गर्ने अडान लिँदैआएका थिए भने विद्यालय प्रशासनले आर्थिक भार देखाउँदै नयाँ शिक्षक नियुक्त गर्न नसकिने जनाएको छ । 

विद्यालयमा राजनैतिक प्रतिशोधको कारण यस्तो घटना गरिएको प्रधानाध्यापक हमालले बताए । उता शिक्षक नियुक्त गर्नका लागि उम्मेद्वारमा रहेका भोटान बहादुर छत्यालले यो घटनाको आरोप आफुलाई लगाईएको भएता पनि आफ्नो संलग्नता नभएको र अपराधीलाई कानूनको दायरामा ल्याउन सम्वन्धित सबैमा अनुरोध गर्दै आफ्नो फेसबुक स्ट्याटसमा उल्लेख गरेका छन् । 

विद्यालयले हाल सम्म प्रति वर्ष ३ हजार ५ सयका दरले सस्तोमा कक्षा ११ मा भर्ना लगेर विद्यार्थीको संख्या उल्लेख्य वृद्धी गरिरहेको जनाईएको छ । विद्यालयमा रहेका सम्पूर्ण सक्कली कागजात नष्ट गरिएको छ भने कुनै अभिलेख नभेटिने गरी कागजात च्यातिएको छ । विद्यालयको कार्यलयमा रहेको स्टिलको दराज समेत फोडिएको छ । यसले गर्दा हजारौं विद्यार्थीको अभिलेख लगायत विद्यालयको ईतिहाँस नै नामेठ पारिएको छ । 

विद्यालयको नजिकै रहेको कार्कीवाडा भन्ने गाउँको गुरामाडु सम्म कागजात च्यात्दै लगिएको र कुनै प्रमाण ठम्याउन नसकिने गरी नष्ट गरिएको छ । केही सम्भाव्य मिलाएर अभिलेखका टुक्रा टाक्रि मिल्ने देखिएकोमा यस्ता कागजातलाई मिलाएर केही अभिलेख सुरक्षित गर्न सकिएको समेत प्रधानाध्यापक नेत्रलाल हमालले बताउनु भयो । 

यसरी एउटा सामुदायिक विद्यालयमा आक्रमण हुनु भनेको कायरतापूर्ण काम रहेको र आफुले विद्यालयमा रहँदा राम्रो काम गर्न नदेख्ने समूहले गरेको हुन सक्ने आँकलन प्रधानाध्यापकले गर्नु भयो । 

वडाध्यक्षको संलग्नतामा घटना भएको प्रधानाध्यापकको आरोप

यो घटना वडाध्यक्षको समूहले नै गरेको भन्ने आरोप समेत प्रधानाध्यापक हमालले लगाउनु भयो । 

गत बैशाखमा भएको स्थानिय तहको चुनावमा सर्केगाड गाउँपालिकाको वडा नं. ७ मा प्रधानाध्यापक नेत्रलाल हमालका बुबा मनप्रसाद काफ्ले नेकपा एमाले र माओवादी केन्द्रको तालमेलका उम्मेद्वार र हालका वडाध्यक्ष कृष्णप्रसाद जैशी नेपाली काँग्रेसको तर्फबाट वडाध्यक्ष पदमा प्रतिष्पर्धा गरेका थिए । जित भने नेपाली काँग्रेसका कृष्णप्रसाद जैशीले हत्याएक थिए । 

सोही राजनिती हाल विद्यालयमा छिराएको र यो दुखद रहेको स्थानियले बताएका छन् । यस विद्यालयमा हाल ३ सय ८१ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।

यस घटनाको बारेमा अध्ययन गर्नको लागि सर्केगाड ईलाका प्रहरी चौकीले घटनाको अध्ययन गरेको छ । घटना भएकै दिन प्रहरीले क्षतीको मुचुल्का गरेको छ तर घटनाको अध्ययन थालनी नगरेको बुझिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ