७ जेष्ठ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

पुर्व विद्यार्थीद्धारा ५० हजारका पुस्तक निशुल्क

२५ मंसिर २०७२, शुक्रबार ०६:३८

प्रकाश धौलाकोटी/मङ्सिर २५, तेह्रथुम । पाँचथरको अमरपुर स्थित सिंहपुर पशुपति माविका एक पुर्व विद्यार्थीले करिब ५० हजार रुपैयाँ बराबरको पुस्तकहरु आज विद्यालयलाई हस्तान्तरण गर्नुभएको छ ।

आफुले पढेको विद्यालयको शैक्षिक गुणस्तरमा सुधार आओस् भन्ने ध्येयले अमरपुर–८ निवासी विद्यालयका पुर्व विद्यार्थी मदन भट्राईले विद्यालयलाई सो मुल्य बराबरका पाठ्यसामाग्री तथा पुस्तकहरु निशुल्क प्रदान गर्नुभएको हो ।

विद्यालयको प्रावि, निमावि र माविका विद्यार्थीहरुकालागि आवश्यक हुने सन्दर्भ सामाग्रीहरु, गेसपेपर, गाइड, अंग्रेजी व्याकरणका पुस्तकहरु, बालसाहित्य सम्बन्धी पुस्तकहरु, सामान्य ज्ञान र अन्य रोचक पुस्तकहरु गरी झन्डै पाँच सय थान बढी पुस्तकहरु विद्यालयका पुर्वविद्यार्थी भट्राईले आज निशुल्करुपमा प्रदान गरेको विद्यालयका प्रधानाध्यापक भीमकुमारी भण्डारीले जानकारी दिनुभयो ।
विद्यालयमा आफ्नै पुस्तकालय नहुँदा आफुले पनि समस्यै बेहोरेर पढियो, पुस्तक हस्तान्तरण पछि भट्राईले भन्नुभयो, अब पनि पुस्तक पढ्न नपाएरै विद्यार्थीले समस्या भोग्नुनपरोस् भन्ने ध्येयले मैले पुस्तक उपलब्ध गराएको हुँ ।

यही विद्यालयमा कक्षा ६ देखि एसएलसी सम्म अध्ययन गरेका भट्राई हाल अनेरास्ववियु क्रान्तिकारीको केन्द्रिय सचिवालय सदस्य हुनुहुन्छ । दुर्गम र विकट बस्तीहरुबाट तीन घन्टासम्म धाएर विद्यार्थीहरु पढ्न आउने विद्यालयले श्रोतसाधन अभावमा हालसम्म आफ्नै पुस्तकालय बनाउन सकेको छैन ।

तर अब केही महिनाभित्रै विद्यालयमा भएका पुस्तक र भट्राईले दिएका पुस्तकहरुलाई व्यवस्थापन गरेर पुस्तकालय स्थापना गर्ने तयारी थालिएको प्रधानाध्यापक भण्डारीले टेलिफोनमा बताउनुभयो ।

यो विद्यालयमा ताप्लेजुङको नाङ्खोल्याङ आसपासका केही गाउँहरु र पाँचथर अमरपुरको ५, ६, ७, ८ र ९ नम्बर वडाका साढे पाँच सय बढी विद्यार्थीहरु अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्युतीय अपराध सम्बन्धी कसुरमा गाउँपालिका अध्यक्ष पक्राउ कांग्रेस–एमालेको सरकार बनाउनुको उद्देश्य अझै पूरा नभएको : योगेश भट्टराई जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध छ : मन्त्री यादव युक्रेनमा शान्ति नभए रूस विरुद्ध ‘कडा कारबाही’ गर्न अमेरिकालाई इयुको आग्रह राष्ट्र बैंकको गभर्नर कांग्रेस निकट पौडेललाई बनाउने सहमति वनमन्त्री शाही चीन प्रस्थान ‘गभर्नर नियुक्ति प्रक्रियाले चाँडै निकास पाउँछ’ तीन दशकमा पनि पूरा भएन वाग्मती स्वच्छ बनाउने जिम्मेवारी भिमफेदीमा गाडी दुर्घटना हुँदा १४ जना घाइते,३ जनाको अवस्था गम्भीर छिमेकी चीन नेपालको विश्वासिलो र भरपर्दो मित्र हो : परराष्ट्र सचिव राई ९० सालको भूकम्पमा भत्किएको लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माण आगलागीका कारण रु ११ लाख बराबरको क्षति हरियो धनियाँमा अत्यधिक विषादी,४५ प्रतिशतभन्दा बढी खान अयोग्य ओझेलमा अनौठो कुवा भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै पोखरा आसपास भूकम्पको धक्का महसुस नेपालमा भूकम्पको धक्का महसुस मध्य मेक्सिकोमा बन्दुकधारीद्वारा ७ जनाको हत्या पूर्व जनप्रतिनिधिको उपचारमा सरकार अनुदार बन्यो : सांसद शेरबहादुर कुँवर सुशासन कायम गर्न सूचनाको हक आवश्यकः गृहमन्त्री लेखक