१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालीकोटमा तीन हजार आठ सय मतदाता थपिए

५ भाद्र २०७४, सोमबार १०:२२

भदौ ५, कालीकोट । सरकारले मतदाता परिचय पत्रका लागि नाम दर्ता गर्न थप गरेको अवधिमा कालीकोट जिल्लामा तीन हजार ८०० मतदाता थपिएका छन् । 

जिल्ला निर्वाचन कार्यालयले संकलन गरेको मतदाता नामावलीमा जिल्ला सदरमुकाम मान्मसहितका दुई नगरपालिका तथा छवटा गाउँपालिकामा पठाएको टोलीले सो संख्यामा मतदाता थपेका हुन् । 

जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी मणिराम भट्टराईका अनुसार यसअघि जिल्लामा ६१ हजार ३० मतदाता रहेकामा साउन महिनामा तीन हजार ८५९ मतदाता थपिएपछि जम्मा ६४ हजार ८८९ मतदाता पुगेको बताउनुभयो । 

उहाँका अनुसार यसअघिको तुलनामा जिल्लामा एकैपटक धेरै मतदाता थपिएको यो पहिलोपटक हो । 

मतदाताले संसद्को निर्वाचनमा खासै महत्व नदिए पनि स्थानीय निर्वाचनमा मतदान गर्न नपाउँदा पछुताएकाले अब आउने प्रदेश तथा सङ्घको निर्वाचनमा मतको आशामा रहेका जिल्लास्तरका राजनीतिक दलका नेताहरु पनि मतदाता नामावली संकलनमा लागिपरेका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु