२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

प्राथमिक तहका शिक्षकले माविमा पढाउँदै

२०७४, ५ भाद्र सोमबार १०:५४

भदौ ५, महोत्तरी । गौशाला नगरपालिका–६ फुलकाहास्थित श्रीमावि भेडियाहीमा प्राथमिक तहका शिक्षकले माध्यमिक तहमा अध्यापन गराउँदै आएका छन् । 

विसं २०६६ मा सो विद्यालयले माविस्तरसम्म अध्यापन गर्नका लागि अनुमति पाए पनि त्यहाँ मावि दरबन्दीका शिक्षक भने छैनन् । प्राविस्तरका तीन स्थायी शिक्षक, दुईजना राहत, एकजना निजी शिक्षकका भरमा अहिले उक्त विद्यालय सञ्चालनमा छ । 

शिक्षकको पदपूर्ति हुन नसक्दा त्यहाँ अध्ययनरत सयौँ विद्यार्थी मारमा परेका छन् । शिक्षक अभावका कारण कक्षा ९ र १० का विद्यार्थीलाई एउटै कक्षामा राखेर एकैपटक शिक्षण गराइने गरेको सो विद्यालयका शिक्षक राजकिशोर यादवले जानकारी दिनुभयो । 

बहुशिक्षण कक्षा चलाएका कारण पठनपाठन प्रभावित बनेको उहाँको भनाइ छ । 

शिक्षकको अभावबारे बारम्बार जिल्ला शिक्षा कार्यालयलाई लिखित रुपमै गराउँदै आएको र अहिलेसम्म आश्वासन मात्र पाएको सो विद्यालयका प्रधानाध्यापक रामएकवाल यादवले बताउनुभयो । 

शिक्षक अभावका कारण त्यहाँ भर्ना भएका विद्यार्थी गौशाला र सुन्दरपुरका विद्यालय पढ्न जाने गरेका स्थानीयवासी रामबाबु यादवले बताउनुभयो । विसं २०१४ मा सो विद्यालय स्थापना भएको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते