१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

प्राथमिक तहका शिक्षकले माविमा पढाउँदै

५ भाद्र २०७४, सोमबार १०:५४

भदौ ५, महोत्तरी । गौशाला नगरपालिका–६ फुलकाहास्थित श्रीमावि भेडियाहीमा प्राथमिक तहका शिक्षकले माध्यमिक तहमा अध्यापन गराउँदै आएका छन् । 

विसं २०६६ मा सो विद्यालयले माविस्तरसम्म अध्यापन गर्नका लागि अनुमति पाए पनि त्यहाँ मावि दरबन्दीका शिक्षक भने छैनन् । प्राविस्तरका तीन स्थायी शिक्षक, दुईजना राहत, एकजना निजी शिक्षकका भरमा अहिले उक्त विद्यालय सञ्चालनमा छ । 

शिक्षकको पदपूर्ति हुन नसक्दा त्यहाँ अध्ययनरत सयौँ विद्यार्थी मारमा परेका छन् । शिक्षक अभावका कारण कक्षा ९ र १० का विद्यार्थीलाई एउटै कक्षामा राखेर एकैपटक शिक्षण गराइने गरेको सो विद्यालयका शिक्षक राजकिशोर यादवले जानकारी दिनुभयो । 

बहुशिक्षण कक्षा चलाएका कारण पठनपाठन प्रभावित बनेको उहाँको भनाइ छ । 

शिक्षकको अभावबारे बारम्बार जिल्ला शिक्षा कार्यालयलाई लिखित रुपमै गराउँदै आएको र अहिलेसम्म आश्वासन मात्र पाएको सो विद्यालयका प्रधानाध्यापक रामएकवाल यादवले बताउनुभयो । 

शिक्षक अभावका कारण त्यहाँ भर्ना भएका विद्यार्थी गौशाला र सुन्दरपुरका विद्यालय पढ्न जाने गरेका स्थानीयवासी रामबाबु यादवले बताउनुभयो । विसं २०१४ मा सो विद्यालय स्थापना भएको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु