काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २५ ग्राम सुनसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–११, राधाकृष्णटोलका ४८ वर्षीय दिपक केसी छन् ।
उनलाई सोमबार बिहान सुनको सिक्रीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, हिमालय एयरलाइन्सको उडानबाट दुबईबाट काठमाडौं आएका दिपकलाई जाँच गर्ने क्रममा पक्राउ गरिएको हो । उनको साथबाट एउटा ल्याप्टप र पाँच थान मोबाइल बरामद गरिएको छ ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ ।