काठमाडौँ । गर्मीमा फोन पड्किएको खबरहरू निकै सुन्नमा आउँछन् । गर्मीमा चार्जमा राख्दा स्मार्टफोन तात्छन् । फोन ओभरहिट हुँदा दुर्घटना समेत हुन सक्छन् । फोनलाई चार्जमा राख्दा केही कुरालाई ध्यान दिने हो भने यस्ता दुर्घटनाबाट बच्न सकिन्छ ।
चार्जमा राखेर फोन नचलाउनुस्
चार्जमा राखेको अवस्थामा फोन चलाउनु हुन्न । केही मानिस त फोन चार्जमा राखी राखी नै फोन गर्ने, भिडियो कल गर्ने वा गेम खेल्ने गर्छन् ।
तातो ठाउँमा मोबाइल नराख्नुहोस्
फोन चार्जमा राखी राखी प्रयोग गर्नु हुन्न । यस बाहेक पनि चार्जमा राखिराखेको समयमा फोनलाई धेरै तातो भएको ठाउँमा राख्नु हुन्न । फोनलाई घाममा पनि राख्नु हुन्न । स्मार्टफोनलाई चार्जमा राखेर तकियाले थिच्नु हुन्न । यसो गर्दा आगलागी हुन सक्छ ।
कभर हटाइदिनुस्
कहिलेकाँही कभरका कारण फोन निकै तातिन्छन् । गर्मीमा फोन कभरमा राखेकै अवस्थामा चार्ज गर्दा फोन ओभरहिट हुन्छ । फोनतरिकालाई ध्यानमा राखेर तपाईंले आफू र आफ्नो फोन दुबैलाई सुरक्षित राख्न सक्नु हुन्छ ।
ओरिजिनल चार्जरको प्रयोग
सबैभन्दा पहिला आफ्नो फोनलाई चार्जमा राख्दा ओरिजिनल चार्जरको मात्रै प्रयोग गर्नुहोस् । ओरिजिनल चार्जर छैन भने पनि सजेष्टेड चार्जरबाट मात्रै चार्ज गर्नु पर्छ । फोन छिटै चार्ज गर्ने चक्करमा कतिपयले फाष्ट चार्जरको प्रयोग गर्छन् । तपाईंको फोनले फाष्ट चार्जिङ सपोर्ट गर्छ भने त ठीकै छ । सपोर्ट गर्दैन भने चाँहि यसरी चार्ज गर्दा फोन बिग्रन सक्छ ।