११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

जब विराटनगरका मेयरले गरे बेहोस बच्चाको उद्धार

६ भाद्र २०७४, मंगलवार ०२:४३


भदौ ६, मोरङ । बस्ने घर पनि बगाइहाल्यो । आम्दानीको स्रोत केही छैन । उपचार गरुँ सुको पैसा छैन । 

यस्तै पीडा र अभावमा बेहोस बच्चा बोकेर रोइरहेकी एक महिला विराटनगर महानगरपालिकाको वडा नं १९ को खदरा टोलमा शनिबार भेटिनुभयो । महानगरका प्रमुख भीम पराजुलीले उहाँको सोधिखोजी गर्नुभयो । 

उहाँ बच्चाको उपचार तत्काल गर्ने व्यवस्था मिलाउनतिर लाग्नुभयो । महिलाको दयनीय अवस्था देखेर प्रमुख पराजुलीले आफैँ चढेको गाडीमा राखेर स्थानीय सुरक्षा अस्पतालमा उपचार गर्ने प्रबन्ध मिलाउनुभयो । 

स्थानीय रुन्तीदेवी ऋषिदेव अार्थिक अभावका कारण बच्चाको उपचार गर्न सकिरहनुभएको थिएन । बच्चा जन्मेको २४ दिनमात्र भएको थियो । सुत्केरी भएको महिना दिन पनि पूरा नपुग्दै बाढीको चपेटामा उहाँ पर्नुभयो । आम्दानीको कुनै स्रोत नभएको र भएको एउटा घरसमेत बगाएपछि ऋषिदेव चिन्तामा हुनुहुन्थ्यो । उहाँका श्रीमान् रिक्साचालक हुनुहुन्छ । उहाँ पनि केही समयदेखि बिरामी हुनुहुन्छ । 

जब सुरक्षा अस्पतालमा बच्चाको उपचार हुन थाल्यो, ऋषिदेव हर्षित हुनुभयो । प्रमुख पराजुलीले बच्चाको पूर्णरुपमा उपचार गर्ने र बच्चाको आमालाई खानपिनका लागिसमेत व्यवस्था गरिदिनुभयो । 

बच्चाको स्वास्थ्यमा आएको सुधार देखेर ऋषिदेवले भन्नुभयो, ‘भगवानले मेरो बच्चा बचाउन प्रमुखसापलाई पठाउनुभएको रहेछ । मेरो भाग्य नै भन्नुपर्छ प्रमुखसापले मेरो बच्चा र मलाई बाँच्ने वातावरण बनाइदिनुभयो ।’ 

प्रमुख पराजुलीले बच्चालाई उपचारको व्यवस्था मात्र होइन पुनः आजसमेत बच्चाको स्वास्थ्यस्थिति बुझ्न सुरक्षा अस्पताल पुग्नुभयो । पराजुलीले बच्चा बचाउनका लागि गरेको प्रयासमा डा रम्भा देवले अधिकतम प्रयास गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु