२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

जब विराटनगरका मेयरले गरे बेहोस बच्चाको उद्धार

२०७४, ६ भाद्र मंगलवार ०२:४३


भदौ ६, मोरङ । बस्ने घर पनि बगाइहाल्यो । आम्दानीको स्रोत केही छैन । उपचार गरुँ सुको पैसा छैन । 

यस्तै पीडा र अभावमा बेहोस बच्चा बोकेर रोइरहेकी एक महिला विराटनगर महानगरपालिकाको वडा नं १९ को खदरा टोलमा शनिबार भेटिनुभयो । महानगरका प्रमुख भीम पराजुलीले उहाँको सोधिखोजी गर्नुभयो । 

उहाँ बच्चाको उपचार तत्काल गर्ने व्यवस्था मिलाउनतिर लाग्नुभयो । महिलाको दयनीय अवस्था देखेर प्रमुख पराजुलीले आफैँ चढेको गाडीमा राखेर स्थानीय सुरक्षा अस्पतालमा उपचार गर्ने प्रबन्ध मिलाउनुभयो । 

स्थानीय रुन्तीदेवी ऋषिदेव अार्थिक अभावका कारण बच्चाको उपचार गर्न सकिरहनुभएको थिएन । बच्चा जन्मेको २४ दिनमात्र भएको थियो । सुत्केरी भएको महिना दिन पनि पूरा नपुग्दै बाढीको चपेटामा उहाँ पर्नुभयो । आम्दानीको कुनै स्रोत नभएको र भएको एउटा घरसमेत बगाएपछि ऋषिदेव चिन्तामा हुनुहुन्थ्यो । उहाँका श्रीमान् रिक्साचालक हुनुहुन्छ । उहाँ पनि केही समयदेखि बिरामी हुनुहुन्छ । 

जब सुरक्षा अस्पतालमा बच्चाको उपचार हुन थाल्यो, ऋषिदेव हर्षित हुनुभयो । प्रमुख पराजुलीले बच्चाको पूर्णरुपमा उपचार गर्ने र बच्चाको आमालाई खानपिनका लागिसमेत व्यवस्था गरिदिनुभयो । 

बच्चाको स्वास्थ्यमा आएको सुधार देखेर ऋषिदेवले भन्नुभयो, ‘भगवानले मेरो बच्चा बचाउन प्रमुखसापलाई पठाउनुभएको रहेछ । मेरो भाग्य नै भन्नुपर्छ प्रमुखसापले मेरो बच्चा र मलाई बाँच्ने वातावरण बनाइदिनुभयो ।’ 

प्रमुख पराजुलीले बच्चालाई उपचारको व्यवस्था मात्र होइन पुनः आजसमेत बच्चाको स्वास्थ्यस्थिति बुझ्न सुरक्षा अस्पताल पुग्नुभयो । पराजुलीले बच्चा बचाउनका लागि गरेको प्रयासमा डा रम्भा देवले अधिकतम प्रयास गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते