२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरा बागबजारका ५० प्रतिशत पसल अवैध रुपमा संचालनमा

२०७४, ६ भाद्र मंगलवार १६:०९

भदौ ६, डडेल्धुरा । डडेल्धुरा सदरमुकाम बागबजारका ५० प्रतिशत व्यापारीहरुले पसल अवैध रुपमा संचालन गरेको पाइएको छ ।

डडेल्धुराको मुख्य व्यापारिक केन्द्र बागबजारमा व्यापारीहरुले पसल दर्ता नगरेको, दर्ता भएका पसल पनि नविकरण नगरिएको भेटिएको हो । मंगलबार निमित्त प्रमुख जिल्ला अधिकारी करुणाकर अवस्थीको संयोजनमा गरिएको बजार अनुगमनमा यस्तो भेटिएको हो ।

अनुगमन टोलीले डडेल्धुराको बागबजार क्षेत्रको बसपार्क क्षेत्रदेखि बगरबाटासम्म अनुगमन गरेको थियो । अनुगमनका क्रममा अधिकांस पसल कानुन बमोजिम सम्पुर्ण प्रकिया पु¥याएर दर्ता नगरिएको, दर्ता भएका केहि पसल पनि नविकरण नगरिएको, व्यापारीहरुले मनोमानि तरिकाले मुल्यसुचि निर्धारण गरेको भेटिएको छ ।

यस्तै केही पसलमा म्याद नाघेका खाद्य सामाग्री समेत भेटिएको निमित्त प्रमुख जिल्ला अधिकारी अवस्थीले बताएका छन् । म्याद नाघेका सामाग्रीलाई बरामद गरिएको छ । यस्तै बसपार्क क्षेत्रका सबै तरकारी पसल राखिएका खोकाछाप्राहरु पूर्ण रुपमा अवैध रहेको उनले बताएको छन् । साथै छाप्रावालाहरु सहित सम्पूर्ण अवैध पसललाई सातदिन भित्र कानुनी प्रक्रियागत तरिकाले पसल दर्ता गरि जिल्ला प्रशाशन कार्यालयलाई जानकारी गराउन निर्देशन दिईएको छ ।

यदी उक्त प्रक्रया नअपनाए खोकाछाप्रा हटाउने चेतावनी समेत दिईएको निमित्त प्रमुख जिल्ला अधिकारी अवस्थीले बताएका छन् । साथै बसपार्कमै रहेको सार्वजनिक शौचालय छेकेर संचालन गरिएका तरकारी तथा फलफुल पसल तत्काल व्यवस्थानप गर्न समेत निर्देशन दिईएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला