११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

पर्साका आठसय परिवारलाई राहत वितरण

७ भाद्र २०७४, बुधबार ०४:००

भदौ ७, पर्सा । बाढीबाट सबैभन्दा बढी प्रभावित भएको पर्साको मिर्जापुर, जयमंगलापुर र सम्भौता गाउँमा मंगलबार गृह मन्त्रालयले पठाएको राहत सामग्री वितरण गरियो । 

बाढीबाट प्रभावित भएका तीन गाउँका ८०० परिवारलाई गृह मन्त्रालयले पठाएको राहत सामग्री नेपाल रेडक्रश सोसाइटी पर्साले वितरण गरेको हो । 

गाउँको नाम किटान गरी गृह मन्त्रालयले पठाएको राहत सामग्रीलाई पीडितसमक्ष पु¥याएको नेपाल रेडक्रश सोसाइटी पर्साका अध्यक्ष फुल महम्मद मियाँले जानकारी दिनुभयो । उहाँले बाढीबाट प्रभावित रहेका पर्साको सम्भौतामा ३०० परिवारलाई, जयमंगलापुर र मिर्जापुरमा २५०÷२५० परिवारलाई पूर्ण राहत सामग्रीको प्याकेट वितरण गरिएकोे बताउनुभयो । 

“साउन २६ गतेदेखि भएको डुबानमा सबैभन्दा बढी प्रभावित मिर्जापुर, जयमंगलापुर र सम्भौता गाउँ भएका थिए । तीनवटै गाउँमा आउने जाने सडक बाढीले बगाएपछि सम्पर्कविहीन भएकाले डुबान भएको चौथो दिनमात्र (अर्थात् साउन ३० गते) देखि स्थानीय प्रहरी, प्रशासन तथा विभिन्न संघसंस्थाले उद्धार र राहत कार्य शुरु गरेका हुन्” अध्यक्ष मियाँले जानकारी दिनुभयो । 

उहाँले तीनवटै गाउँमा हाल पनि आउने जाने सडक नभएकाले राहत सामग्री वितरण गर्ने संघसंस्था पुग्न नसक्दा सो क्षेत्रका बासिन्दा राहत तथा उद्धारबाट प्रभावित हुँदै आएको जानकारी दिएपछि तीनवटै गाउँको नाम किटानी गरी गृह मन्त्रालयले पूर्ण राहत सामग्रीको प्याकेट पठाएको बताउनुभयो । 

गृह मन्त्रालयले पठाएको प्याकेटमा चामल, चाउचाउ, त्रिपाल, कम्बल, बच्चाको कपडा, भाँडाको सेट, चिउरा, दालमोठ, साबुन, पानी सफा गर्ने औषधि, जीवन जल, सेनेटरी प्याड, महिलाको लुगालगायतका समान रहेको अध्यक्ष मियाँको भनाइ रहेको छ । 

साउन २६ गतेदेखि ३० गतेसम्म लगातार परेको चार दिनसम्मको अविरल वर्षका कारण पर्साको मिर्जापुर गाउँमा ५० घरमा पूर्णरुपमा क्षति पुग्नुका साथै २०० घरमा आंशिक क्षति पुगेको छ भने जयमंगलापुर गाउँमा ५० घर पूर्णरुपमा क्षति हुनुका साथै २५० घरमा आंशिक क्षति र सम्भौता गाउँमा रहेका ५० घर पूर्ण क्षति हुनुका साथै २०० घरमा आंशिक क्षति भएको रेडक्रश पर्साले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु