चेतनशिल प्रतिष्ठानको खुल्ला तीज गीत प्रतियोगीता सम्पन्न

Posted on: 23 Aug, 2017


इमरान खान,भदौ ७, कपिलवस्तु ,कपिलवस्तुको वाणगंगा नगरपालिका क्षेत्रका यूवाहरुले सामाजिक कार्यका लागि छोटो समयमा चर्चा बुटुल्दै चेतनशिल प्रतिष्ठान कपिलवस्तुले जिल्ला स्तरीय खुल्ला तीज गीत प्रतियोगीता राखेको छ ।

वाणगंगा नगरपालिका का नगर प्रमुख मेयर मंगल प्रसाद थारु द्वरा शान्तिको प्रतीक परेवा जोडि उडाएर कार्यक्रमको उदघाट्न गर्नु भएका थिए । प्रतियोगीता मार्फत नेपाली कला संस्कृतिको जर्गेना गर्ने उद्देश्य अनुरुप प्रतिष्ठानले प्रतियोगीता राखेको हो । प्रतिष्ठानले राखेको लक्ष्य अनुसार रु. ९८ हजार रकम उठेको चेतनशील प्रतिष्ठानका कोषाध्यक्ष सन्दिप अर्यालले जानकारी दिनुभएको छ । उठेको रकम माध्ये कार्यक्रम व्यवस्थापनमा रु. ९० हजार खर्च भएको, र रु. ८ हजार एम्बुलेन्स सञ्चालनार्थमा राखिने जनाइएको छ । आगामी दिनमा सांस्कृतिक कार्यक्रम, देउसीभैलो र सामाजिक कार्य जस्ता काम गरी यस क्षेत्रमा एम्बुलेन्स सञ्चालन गर्न रकम उठाउने चेतनशिल प्रतिष्ठानको लक्ष्य राहेको छ ।


 जिल्लाका १३ टीमको सहभागीता रहेको तीज गीत प्रतियोगीतामा चिल्ड्रेन प्याराडाईज बोर्डिङ स्कुल प्रथम स्थान आउन सफल भएको छ । उसले नगद स्वरुप रु १० हजार रुपैया र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै स्मृती यूवा समुह ओदारी प्रतियोगीतामा दित्तिय स्थान आउन सफल भएको छ । उसले रु. ७ हजार नगद र प्रमाणपत्र पत्र प्राप्त गरेको छ । सूर्योदय यूवा क्लब बुद्धभुमि ९ चौवन्नपुर तृतीय भएको छ । उसले नगद रु. ५ हजार र प्रमाणपत्र पाएको छ । प्रतियोगीतामा सान्त्वना स्थानमा श्री सहयोगी महिला बहुउद्देश्यिय सहकारी संस्था ठाकुरापुर आएको छ । उसले नगद रु. ३ हजार र प्रमाणपत्र प्राप्त गरेको चेतनशिल प्रतिष्ठानका अध्यक्ष अशिम भट्टराईले जानकारी दिनुभयो । प्रतियोगीतामा सहभागीता हुने टीममा ७ जना अनिवार्य हुनुपर्ने नियम बनाइएको अध्यक्ष भट्टराईले बताउनुभयो ।

साथै उक्त अवसरमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले भव्य सांस्कृति प्रस्तुती देखाएका थिए । तीज गीत गाउँदै कलाकारहरुले महोललाई गुञ्जयमान गराएका थिए । कलाकारको साथमा दर्शकहरु पनि निकै रमाएका थिए । छोटो समयमा चर्चा बटुल्दै वाणगंगा क्षेत्रका यूवाहरुले सामाजिक कार्यका लागि हालै स्थापना गरेको चेतनशिल प्रतिष्ठानले यस क्षेत्रमा सामाजिक कार्य गरि चर्चा बटुल्न थालेको छ । केहि महिना अघि कपिलवस्तु सामुदायिक अस्पतालमा रक्तदान कार्यक्रम राखेको चेतनशिलले अहिले नेपाली नारीहरुको महान पर्व तीजको अवसरमा प्रतियोगीताको आयोजना गरेको हो । नेपालीहरुको मौलिक कलाको संरक्षण र सम्बर्धन गर्नका लागि खुल्ला तीज गीत प्रतियोगीता राखेको प्रतिष्ठानका संरक्षक समिर सायरले बताउनुभयो । आउने दिनमा एम्बुलेन्स सञ्चालनार्थ विभिन्न कार्यक्रम गरिने उहाँले बताउनुभयो । यसपालि समय अभावको कारण सोचजस्तो रकम उठ्न नसकेको भट्टराईले स्पष्ट पार्नुभयो ।




यस बिषयमा तपाइको प्रतिक्रिया...!