प्रेम सुनार | भदौ ७, गुल्मी | गत  साउन १५ गते भारतको लुदियानामा गाडीले हानेर घम्भीर घाईते भएका एक जना नेपालीले कसैबाट गुहार पाउन नसकेर जिवन मरणको दोसा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार | भदौ ७, गुल्मी | गत  साउन १५ गते भारतको लुदियानामा गाडीले हानेर घम्भीर घाईते भएका एक जना नेपालीले कसैबाट गुहार पाउन नसकेर जिवन मरणको दोसा"/>

२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

भारतमा गाडीले दुई नेपालीलाई हान्यो, न्याय नपाएपछी साउदीबाट सासुको गुहार

७ भाद्र २०७४, बुधबार १०:२२


प्रेम सुनार | भदौ ७, गुल्मी | गत  साउन १५ गते भारतको लुदियानामा गाडीले हानेर घम्भीर घाईते भएका एक जना नेपालीले कसैबाट गुहार पाउन नसकेर जिवन मरणको दोसाँधमा पर्नु परेको छ । दाङ्गको घोराही उपमाहनगरपालिका वडा नम्वर  ८ बुधौरा टोलका १८ वर्षिय सन्तोष बिक र उनका दाजु बिक्रम बिक यस्तो अवस्थामा पुगेका हुन् । 

उक्त दिन साँझ करिव ६ वजेको सयममा  जलान्धरबाट मोटर साईकलमा आएका उनिहरुलाई लुदियानाको सम्ब्रेला चोकको पुल माथी पछाडीबाट  तिव्रगतिमा आएको निजी कारले ठक्कर दिएर दुवै भाईलाई गभ्मीर घाईते बनाएको थियो । त्यस दिन उक्त कार अज्ञात भनिए पनि लुदियानाको मोतीपुर प्रहरी चौकीमा उजुरी दर्ता गरे पछि प्रहरीले उनिहरुलाई ठक्कर दिने कार पत्ता लगाएको थियो । 

त्यस चौकीका अनुसार एसआर ०६ वाई १२२१ नम्वरको कारले उनिहरुलाई हानेको थियो । अगस्त २ मा त्यहाँको एक पत्रिकाले पनि उक्त खवर प्रकाशित गरेको थियो । कार प्रहरीले हिरासतमा राखे पनि कार मालिकले उपचार खर्च उपलव्ध नगराई दिदा उनिहरु लुदियानाको एपोलो अस्पतालको बेड नम्वर ४४७ मा भर्ना गरिएका उनिहरु मध्ये विक्रमको अवस्थामा सुधार आए पनि उनका भाई सन्तोषको अहिले सम्म होस खुल्न सकेको छैन् । 

२४ दिन भई सक्यो भाई सन्तोषको होस खुल्न सकेको छैन् । दैनिक १५ हजार खर्च लाग्छ हामी संग पैसा छैन यसर्थ निवन रक्षार्थ सवै संग सहयोगको हात फैलाएका छौं,  दाङ्गमा रहेका उनका दाजु राजु बिकले भने मेरो भाईको जिवन बचाई दिन म विनम्र अनुरोध गर्दछु । उनले एैलानी जमिनमा बसेकोले बेच्न पनि नसकिने र ऋण पनि पाउन नसकेका कारण सञ्चार माध्यमको साहरा लिएर सहयोगको हात फैलाउनु परेको बताए । विपन्न परिवारमा जन्मीएका उनिहरु तिनै भाईको सानैमा बाबु मृत्यु भएका र एउटी आमा मात्रै रहेकोले भारतको रोजगारी गर्न गएका थिए । 

 सन्तोष जलान्धर पुगेको जम्मा तीन महिना भएको थियो । सन्तोषले त्यहाँबाट टेलिफोनमा रुदै भने–‘ हाम्रो यहाँ बोलीदिने कोही नहुँदा गुहार पाउन सकेनौं । ’ प्रहरीले उल्टै तथानाम गाली गर्ने गरेको गुनासो समेत उनले गरे । न्याय पाउनु पर्ने आफुहरुले सडकको कुकुर सरहको गाली खानु परेको छ  बिक्रमले भने म त बाँचे तर मेरो भाई बचाउनका लागि सवैको सहयोग जरुरी भएको छ । त्यहाँ स्थित विभिन्न राजनैतिक दलका प्रवासी संगठनलाई भन्दा पनि सुनुवाई नभएको दुखेसो उनले गरे । साउदी अरवमा रहेकी बिक्रमकी सासु सिता बिकले पनि रुँदै सवैसंग सहयोगको अपिल गरेकी छिन् । 

उनिहरुलाई सहयोग गर्न चाहनु हुने महानुभावले  बैंक अफ ईन्डिया लुदियानाको उनिहरुको खाता नम्वर ६४०२१०११०००७८९४ मा रकम राखी दिन सक्नु हुने छ । त्यसबारे जानकारी लिन दाङ्गस्थित उनका दाजु राजुको मोवाईल नम्वर ९८०९५९५७२४ मा सम्पर्क राख्न सकिने छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने