भदौ ७, बुटवल | रुपन्देही जिल्लामा क्रियाशिल विभिन्न संघ संस्थाहरुको  संयुक्त आयोजनामा ११ लाख ३८ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा हस्तान्तरण गरिएक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ ७, बुटवल | रुपन्देही जिल्लामा क्रियाशिल विभिन्न संघ संस्थाहरुको  संयुक्त आयोजनामा ११ लाख ३८ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा हस्तान्तरण गरिएक"/>

२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

प्रधानमन्त्री दैवी प्रकोप कोषमा रुपन्देहीका संघ संस्थाले दिए ११ लाख ३८ हजार

२०७४, ७ भाद्र बुधबार १४:०९


भदौ ७, बुटवल | रुपन्देही जिल्लामा क्रियाशिल विभिन्न संघ संस्थाहरुको  संयुक्त आयोजनामा ११ लाख ३८ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा हस्तान्तरण गरिएको छ । बुधवार बुटवलमा एक कार्यक्रमको आयोजना गरी सञ्जाल रुपन्देहीका संयोजक तथा पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दधिराम खरेलले रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनाली लाई  चेक प्रदान गरे । 

नवआगन्त प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई स्वागत तथा राहत हस्तान्तरण कार्यक्रममा बोल्दै संयोजक खरेलले मानविय सेवा भावले विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको सहभागीतामा गठन सञ्जाल गरी सहयोग गरिएको जानकारी दिए । उनले विगतमा बर्षमा भुकम्प पिडीतहरुलाई पनि सोही प्रकृतिको सहयोग सञ्जालबाट गरिएको जानकारी दिदै संयोजक खरेलले राहतको उचित रुपमा सदुपयोग हुनेमा आफ विश्वस्त रहेको समेत  बताए । 

कार्यक्रममा  बोल्दै रुपन्देही जिल्लाका नव आगन्तुक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीले सराकात्मक परिर्वतनको लागि ईमान्दारीता पुर्वक कानुनको कार्यान्वयन गर्नको लागि आफु जहिले पनि तयार रहेको भन्दै जिल्लाको शान्ती सुरक्षाको विषयमा आफु जहिले पनि सजन रहेको बताएका थिए ।  उनले राहत रकम सिधै प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा हुने भन्दै यसको पूर्णरुपमा सदुपयोग हुनेमा विश्वस्त रहन आग्रह गरे ।  जिल्लामा आफु नयाँ भएपनि अन्य स्थानमा सेवा गरेको अनुभव रहेको भन्दै प्रमुख जिल्ला अधिकारी मैनालीले कानुन कार्यान्वयनमा आफुले कुनै कसर वाँकी नराख्ने बताएका थिए । 

यस्तै नवआगन्त रुपन्देही जिल्लाका प्रहरी प्रमुख एस्पी श्यामलाल ज्ञवालीले चार्ड पर्वमा विभिन्न अपराधिक गतिविधिहरु सल्बलाउने भन्दै यसमा सजह रहनको लागि उद्योगी, व्यवसायीहरुलाई आग्रह गरे  । उनले भने–‘शान्ती सुरक्षा  चुस्तदुरुत राख्नको लागि हामी जहिले पनि तयार छौ । ’

कार्यक्रममा नेपाल यातायता राष्ट्रिय महासंघका पुर्व अध्यक्ष चोपनारायण श्रेष्ठ, नेपाल पत्रकार महासंघ रुपन्देहीका  उपाध्यक्ष दिनेश पाण्डे, बुटवल उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष खिम बहादुर हमाल, रुपन्देही उद्योग संघका महासचिव माधव  पोख्रेल, नेपाल राष्ट्रिय यद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष खिम श्रीस, पश्चिमाञ्चल पेट्रोलिय व्यवसायी संघका अध्यक्ष प्रेम न्यौपाने लगायतले बोलेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा