२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा अब २ जिल्ला !

२०७४, ८ भाद्र बिहीबार १३:०९

भदौ ८, काठमाडौं । प्रदेशको संरचना अनुसार टुक्रिएका नवलपरासी र रुकुम जिल्लामा छुट्टा छुट्टै जिल्ला समन्वय समितिको चुनाव हुने भएपछी यी दुई जिल्लामा अब ४ जिल्ला समन्वय समिति गठन हुने भएको छ । 

निर्वाचन आयोगको आज बसेको बैठकले नवलपरासीको प्रदेश नम्बर ४ पट्टिको स्थानीय तहहरुको समिति छुट्टै र प्रदेश नम्बर ५ पट्टिको स्थानीय तहहरुको समिति छुट्टै बनाउने निर्णय गरेको हो । प्रदेश नै छुट्टै भएपछी पुरानो कायम जिल्ला अनुसारको समितिले व्याबहारिक अफ्ट्यारो पार्ने स्थिति देखेपछी आयोगले टुक्रिएको जिल्लामा छुट्टा-छुट्टै जिल्ला समन्वय समिति बनाउने निर्णय गरेको जनाएको छ । 

साविक नवलपरासी जिल्लाको बर्दघाट सुस्ता पूर्वको भूभाग चार नम्बर प्रदेशमा र बर्दघाट पश्चिमको भूभाग पाँच नम्बर प्रदेशमा पर्दछन् । पूर्व र पश्चिममा बिभाजित नवलपरासीमा अब अलग-अलग जिल्ला समन्वय समिति रहने भएपछी फरक जिल्लाको रुपमा हेरिनेछ । यसरी विभाजित भएपनि नामको बिषयमा कुरा उठेको छैन । 

उता रुकुम जिल्लाको पूर्वी भाग पाँच नम्बर प्रदेशमा र पश्चिम भाग ६ नम्बर प्रदेशमा परेको छ । रुकुममा पनि दुई जिल्ला समन्वय समिति छुट्टा-छुट्टै हुने निर्वाचन आयोगले जनाएको छ ।

जिल्ला समन्वय समितिको निर्वाचनका लागि आयोगले चारजना जिल्ला न्यायाधीशहरूको नामावली उपलब्ध गराउन समेत कानून मन्त्रालयलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते