११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा अब २ जिल्ला !

८ भाद्र २०७४, बिहीबार १३:०९

भदौ ८, काठमाडौं । प्रदेशको संरचना अनुसार टुक्रिएका नवलपरासी र रुकुम जिल्लामा छुट्टा छुट्टै जिल्ला समन्वय समितिको चुनाव हुने भएपछी यी दुई जिल्लामा अब ४ जिल्ला समन्वय समिति गठन हुने भएको छ । 

निर्वाचन आयोगको आज बसेको बैठकले नवलपरासीको प्रदेश नम्बर ४ पट्टिको स्थानीय तहहरुको समिति छुट्टै र प्रदेश नम्बर ५ पट्टिको स्थानीय तहहरुको समिति छुट्टै बनाउने निर्णय गरेको हो । प्रदेश नै छुट्टै भएपछी पुरानो कायम जिल्ला अनुसारको समितिले व्याबहारिक अफ्ट्यारो पार्ने स्थिति देखेपछी आयोगले टुक्रिएको जिल्लामा छुट्टा-छुट्टै जिल्ला समन्वय समिति बनाउने निर्णय गरेको जनाएको छ । 

साविक नवलपरासी जिल्लाको बर्दघाट सुस्ता पूर्वको भूभाग चार नम्बर प्रदेशमा र बर्दघाट पश्चिमको भूभाग पाँच नम्बर प्रदेशमा पर्दछन् । पूर्व र पश्चिममा बिभाजित नवलपरासीमा अब अलग-अलग जिल्ला समन्वय समिति रहने भएपछी फरक जिल्लाको रुपमा हेरिनेछ । यसरी विभाजित भएपनि नामको बिषयमा कुरा उठेको छैन । 

उता रुकुम जिल्लाको पूर्वी भाग पाँच नम्बर प्रदेशमा र पश्चिम भाग ६ नम्बर प्रदेशमा परेको छ । रुकुममा पनि दुई जिल्ला समन्वय समिति छुट्टा-छुट्टै हुने निर्वाचन आयोगले जनाएको छ ।

जिल्ला समन्वय समितिको निर्वाचनका लागि आयोगले चारजना जिल्ला न्यायाधीशहरूको नामावली उपलब्ध गराउन समेत कानून मन्त्रालयलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु