भदौ ९, राजविराज । सप्तरीमा हालै आएको बाढीका कारण प्रभावित ६० जना अपाङ्गता भएका व्यक्तिलाई धुर्मुस–सन्तुली फाउण्डेशनले विहिबार राहत वितरण गरेको छ । 
"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ ९, राजविराज । सप्तरीमा हालै आएको बाढीका कारण प्रभावित ६० जना अपाङ्गता भएका व्यक्तिलाई धुर्मुस–सन्तुली फाउण्डेशनले विहिबार राहत वितरण गरेको छ । 
"/>

२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

धुर्मुस–सुन्तुली फाउण्डेशनद्वारा साठीजनालाई राहत

२०७४, ९ भाद्र शुक्रबार ०३:५०


भदौ ९, राजविराज । सप्तरीमा हालै आएको बाढीका कारण प्रभावित ६० जना अपाङ्गता भएका व्यक्तिलाई धुर्मुस–सन्तुली फाउण्डेशनले विहिबार राहत वितरण गरेको छ । 

धुर्मुस–सुन्तली फाउण्डेशनको सहयोग तथा समावेशी अपाङ्ग सङ्घ, सप्तरीले बिहीबार राजविराजमा आयोजना गरेको राहत वितरण कार्यक्रममा जिल्लाभरि बाढीबाट प्रभावित भएका ६० जना अपाङ्ग व्यक्तिलाई खाद्यान्न सामग्रीसहित राहत वितरण गरिएको सङ्घका अध्यक्ष सतिशचन्द्र झाले जानकारी दिनुभयो । 

सो संस्थाले उपलब्ध गराएको डस्ना, तन्ना, ब्ल्याङ्केट र ३० केजीका दरले चामल, दुई केजी दाल, दुई केजी खानेतेल, एक कार्टुन चाउचाउ, दाँत माझ्ने मञ्जन तथा पेस्ट लगायतका सामग्री उनीहरुलाई वितरण गरिएको बताइएको छ । 

खाँडो नदीसहित विभिन्न खोलाको बाढीबाट जिल्लाको अतिप्रभावित रम्पुरामल्हनिया, कोइलाडी बर्साइन, मलेठ, कनकटा, मानराजा, बनरझुला लगायतका ठाउँमा रहेका अपाङ्गता भएका व्यक्तिलाई सो राहत वितरण गरिएको धुर्मुस–सुन्तली फाउण्डेशनले जनाएको छ । 

धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले तराई–मधेशका विभिन्न जिल्लामा बाढीपीडितलाई राहत बाँड्दै बिहीबार सप्तरी आइपुग्नुभएको हो । जिल्लामा रहेका छजना दृष्टिविहीन, ६ बहिरा, आठ बौद्धिक अपाङ्ग र सुस्तः मनस्थिति भएका व्यक्ति र शारीरिक अपाङ्गता भएका ४० जनालाई राहत वितरण गरिएको समावेशी अपाङ्ग सङ्घ, सप्तरीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला