डम्बर राई। भदौ ९,कञ्चनपुर (सप्तरी) । राजविराज नगरपालिका–९ कृष्णानगर मुसहर बस्तीका ५८ वर्षीय कमल सदा पत्नी भुन्टीदेवी र तीन छोराछोरीसहित विगत १३ दिनदेखि पालमुनि कष्टकर ज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... डम्बर राई। भदौ ९,कञ्चनपुर (सप्तरी) । राजविराज नगरपालिका–९ कृष्णानगर मुसहर बस्तीका ५८ वर्षीय कमल सदा पत्नी भुन्टीदेवी र तीन छोराछोरीसहित विगत १३ दिनदेखि पालमुनि कष्टकर ज"/>
११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

तेह्र दिनदेखि पालमुनि कष्टकर जीवन बिताउँदै बाढीपीडित

९ भाद्र २०७४, शुक्रबार ०६:२४

डम्बर राई। भदौ ९, सप्तरी । राजविराज नगरपालिका–९ कृष्णानगर मुसहर बस्तीका ५८ वर्षीय कमल सदा पत्नी भुन्टीदेवी र तीन छोराछोरीसहित विगत १३ दिनदेखि पालमुनि कष्टकर जीवन बिताइरहेका छन् । 

उनीहरु बसेको स्थलभन्दा सय मिटरको दूरीमै निःसन्तान दम्पती ८० वर्षीय विन्देश्वर सदा पत्नी किसनी देवीसहित बाँसमा त्रिपाल झुण्ड्याई रात बिताउने गरेको बिहीबार १३ दिन पुगेको छ । 

ऐलानी जग्गामा बनाएको दुवैको सानो झुप्रो साउन २७ गते आएको बाढीले बढा¥यो । बाढीले केही बचेन । बचेको छ त केवल ज्यान मात्रै । बाढीले ती बस्तीमा रहेका ३० परिवारको घर डुबानमा परेको थियो जसमध्ये कमल र विन्देश्वरको घर नै बगायो भने २८ परिवारका घर डुबानमा परेका थिए । 

वर्षा केही मत्थर हुँदै गएपछि ती बस्तीका २८ परिवार घर फर्की जसोतसो गुजारा गर्दै आएपनि घर नहुँदा कमल र विन्देश्वर भने अहिले पनि परिवारसहित पालमुनि कष्टकर जीवन बिताइरहेका छन् । 

“बाढीले घरै बगाएपछि फर्केर कहाँ जानु”, कमलले भन्नुभयोे, “बाढीले नाङ्गेझार बनाए पनि हाम्रो अवस्था बुझ्न अहिलेसम्म कुनै सरकारी निकाय आएको छैन ।” साउन २७ गते मध्यरातमा ज्यान जोगाएर भागेका विन्देश्वर पनि अब कहाँ गएर बस्ने भन्ने पिरलोमा छन् । 

बाढीले घर बगाएको भोलिपल्टै साउन २८ गते हेल्प नेपाल नेटवर्क, काठमाडाँैको सहयोगमा तथा स्थानीय धर्मीहल्फा महिला विकास क्लबको संयोजनमा वितरण गरिएको त्रिपालको टहरो ठड्याएर अहिलेसम्म गुजारा गर्दै आएका उनीहरुले बाढीपीडितका लागि सरकारले ठाउँ ठाउँमा राहत वितरण गरिरहेको सुनिए पनि आफूहरुसम्म सरकारी निकायबाट हालसम्म कुनै राहत आइनपुगेको गुनासो गरेका छन् । 

ती बस्तीका पीडितको अवस्था बुझ्न र उनीहरुका बालबालिकाका लागि टुथपेष्ट, ब्रस र साबुन लगायतका राहत सामग्री लिएर बिहीबार दोस्रोपल्ट पुगेका धर्मीहल्फा महिला विकास क्लबका अध्यक्ष इञ्जिनियर सूर्यनारायण यादव तथा सञ्चारकर्मीलाई पीडा सुनाउँदै बाढीपीडितले एकै स्वरमा भने, “आजसम्म हाम्रो अवस्था बुझ्न कुनै सरकारी निकाय आएका छैनन्, कृपया हाम्रो पीडा प्रशासन र सरकारसँग पु¥याई दिनोस् हजुर !” 

स्थानीय लखन सदाले आपूmहरुलाई व्यवस्थित आवासको व्यवस्था मिलाई दिन आग्रह गर्दै भने, “वर्षेनी बाढीले पीडित बन्ने गरेका छौँ, अभैm कति भोगिरहनु ?” 

उनीहरुले वडा सचिव महेश यादवलाई साउन २८ गते नै नाम र क्षति विवरण टिपाई सकेपनि हालसम्म कुनै राहत पाउन नसकेको गुनासो गरे । अचम्मको कुरो के छ भने बाढीपीडित सूचीमा हालसम्म उनीहरुको नाम पनि परेको छैन । 

राहत पाउनेको सूचीमा आ–आफ्नो मान्छेको नाम लेखाउने विभिन्न प्रभावित क्षेत्रमा होडबाजी नै चलेपनि कतिपय प्रभावित क्षेत्रका वास्तविक पीडितसम्म अभैm राहत पुग्न नसक्नु दुःखद भएको धर्मीहल्फा महिला विकास क्लबका अध्यक्ष यादवको भनाइ छ । रासस 

(फाइल फोटो)


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु