२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पचासी वर्ष पार गरेका वृद्धवृद्धाहरुलाई सम्मान

२०७४, ९ भाद्र शुक्रबार ०६:५३

भदौ ९, पर्वत । कुस्मा नगरपालिका–१४ ले वडाभित्रका वृद्धलाई सम्मान गरेको छ । पर्वतको कुश्मा नगरपालिका–१४ स्थित आर्थर डाँडाखर्कमा आयोजित एक कार्यक्रमबीच ८५ वर्ष उमेर पार गरेका वडाका ५१ जना वृद्धवृद्धालाई सम्मान गरेको हो । उक्त कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर विश्वकर्मा पौडेलले वृद्धवृद्धालाई दोसल्ला ओढाएर सम्मान गर्नुभयो । उहाँले सम्मान कार्यक्रममा वृद्धलाई तिरस्कार गर्ने संस्कारलाई अन्त्य गर्दै सम्मानित नागरिकका रुपमा स्थापित गराउन सम्मान कार्यक्रम प्रभावकारी हुने बताउनुभयो ।

आफ्ना बाबुआमालाई सम्मान गरेर आफूलाई पनि सम्मानको लायक बनाउन सकिने बताउँदै प्रमुख पौडेलले पुराना पुस्ताको अनुभवबाट नयाँ पुस्ताले धेरै सिक्न जरुरी भएको बताउनुभयो । उहाँले राज्य पुनःसंरचनापछि स्थानीय तहमा अधिकार आएका कारण अब मुलुकका हरेक क्षेत्रमा परिवर्तनको अनुभव हुँदै जाने बताउनुभयो । 

कार्यक्रममा नेकपा (एमाले) पर्वतका उपसचिव गोविन्द पहाडीले कुस्मा नगरपालिकाको मुहार कायापलट गर्न जनप्रतिनिधिले राम्रो काम गर्नुपर्ने बताउँदै एमालेका जनप्रतिनिधि अरूभन्दा उदाहरणीय हुन आग्रह गर्नुभयो । 

प्रेस चौतारी नेपालका निवर्तमान वरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद शर्माले वृद्ध सम्मान जस्तै नागरिकका हरेक सुख–दुःखमा साथ दिन आग्रह गर्नुभयो । उहाँले पञ्चकोशी माविमा शुरु गरिएको बालमैत्री शिक्षण विधिलाई सबै वडामा लैजान जनप्रतिनिधिलाई आग्रह गर्नुभयो । 

उक्त कार्यक्रममा कुस्मा नगरपालिका–७ का वडाध्यक्ष सुवासचन्द्र पौडेलले कुस्मा नगरपालिकाका प्रमुखले सबै अधिकार आफूमा निहित गर्ने र निरङ्कुश बन्ने मनसाय राखेका कारण सबै विकास निर्माणका काम अवरुद्ध हुन पुगेको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित