नारीहरुको महान् चाड मानिने हरितालिका तीजको अवसरमा कुश्मा नगरपालिका वडा १० वितलवमा खुल्ला तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । वितलवको पूर्णेश्वर उमावि हाताभित्र ग्रामीण विकास मन्च नेपालले तीज गीत प्रतियोगिताको आयोजना गरेको हो । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नारीहरुको महान् चाड मानिने हरितालिका तीजको अवसरमा कुश्मा नगरपालिका वडा १० वितलवमा खुल्ला तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । वितलवको पूर्णेश्वर उमावि हाताभित्र ग्रामीण विकास मन्च नेपालले तीज गीत प्रतियोगिताको आयोजना गरेको हो । "/>
११ माघ २०८२, शनिबार
पर्बत - PBT

पूर्णेश्वरमा खुल्ला तीज गीत प्रतियोगिता सम्पन्न

९ भाद्र २०७४, शुक्रबार ०६:५८

नारीहरुको महान् चाड मानिने हरितालिका तीजको अवसरमा कुश्मा नगरपालिका वडा १० वितलवमा खुल्ला तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । वितलवको पूर्णेश्वर उमावि हाताभित्र ग्रामीण विकास मन्च नेपालले तीज गीत प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा स्थानीय महिलाहरुको २२ समूहले उत्साहप्रद सहभागीता जनाएका थिए । 

तीज गीत प्रतियोगितामा सहभागी महिला समूहले महिलाको दुःखपीडालाई भन्दा पनि हकअधिकारको विषयलाई गीतमा उठान गरेका थिए । रातो साडी, व्लाउज र परम्परागतदेखि आधुनिक गरगहनामा सजिएका महिलाहरुले घरायसी पीरमर्का, राजनीतिक परिवर्तनले निम्त्याएका घटनाक्रम, सामाजिक विकृति, तीजको मौलिक संस्कृति लगायतका विषयलाई गीतसंगीतमा प्रस्तुत गरेका थिए । 

ठुलो संख्यामा सहभागी दर्शकहरुले महिलाहरुको गीत र नृत्य हेरेर रमाइलो मानेको देखिन्थ्यो । आयोजक संस्था मन्चले महिलाहरुको हकअधिकार उठान, मौलिक संस्कृतिको जगेर्ना र नारी जागरणका लागि तीज गीत प्रतियोगिताको आयोजना गरिएको जनाएको छ । 

प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुने सहभागीहरुलाई पुरस्कार स्वरुप क्रमशः नगद ३ हजार, २८ सय, २१ सय र १४ सय प्रदान गरिएको थियो भने सवै सहभागीहरुलाई सम्मान स्वरुप प्रमाणपत्र प्रदान गरिएको थियो । ग्रामीण विकास मन्च नेपालका अध्यक्ष सन्तोष पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सोही संस्थाका संस्थापक अध्यक्ष गणेश शर्मा पौडेल प्रमुख अतिथि थिए ।

 कार्यक्रममा कुनपा १० वडा अध्यक्ष सुजन विक, पूर्णेश्वर उमावि प्राचार्य सरोज केसी, पूर्णेश्वर उमावि भूतपुर्व विद्यार्थी समाजका उपाध्यक्ष इन्दु तिवारी, गैसस पर्वत उपाध्यक्ष गणेश अधिकारी लगायतका सहभागी वक्ताहरुले तीजको समसामयिकता, प्रतियोगितामा प्रस्तुत गीतसंगीतको प्रशंसा गर्दै यसले सकारात्मक सन्देश प्रवाह गर्ने भनाई राखे । समाजका पुर्व अध्यक्ष आनन्द पौडेलले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य ग्रामीण मन्च नेपालका सचिव विधान पौडेलले राखेका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु