पोखरा Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पोखरा
2026-09-19 03:18 PM
कास्की - KSK

लायन्स क्लब अफ पोखरा सिर्जना चौतारीको चार्टर नाइट

भदौ ९, पोखरा  लायन्स क्लब अफ पोखरा सिर्जना चौतारीकोे चार्टर नाइट सम्पन्न भएको क्लब स्थापना भएको पाँच वर्ष पुरा गरी छैटौ वर्ष प्रवेशको अवसर पारेर चार्टर नाइट आयोजना गरेको हो
कार्यक्रममा बोल्दै पुर्व मलिटपल चियर पर्सन दिपक श्रेष्ठले आफु लायन्स क्लव अफ ३२५ बि को पहिलो डिष्ट्रिक गर्भनर हुदाँ स्थापना भएको क्ल्बले छोटो समयमानै डिष्ट्रिकमा विशेष स्थान बनाएको भन्दै प्रशंसा गरे डिष्ट्रिकका महत्वपुर्ण कार्यक्रम होष्ट गरेर आफ्नो उपस्थिती दह्रो बनाएको सिर्जना चौतारी सामाजीक कार्यमा पनि उत्कृष्ट रहेको श्रेष्ठले बताए

कार्यक्रममा बोल्दै को चिप एडभाइजर विशेश्वर आचार्य, कलष्टर हेड दुर्गाप्रसाद हुमागाई, एओजीद्धय पदमबन्धु पोखरेल किशोर बराल, रिजन चियर पर्सनद्धय मिलन थापा बाबुराम गिरी, जोन चियर पर्सन शारदा शर्माले लायन्स क्लब अफ सिर्जना चौतारीले लायन्स क्षेत्रमा आफ्नो उपस्थिती महत्वपुर्ण रहेको काम गरेरै प्रमाणीत गर्न सफल बनेको बताए उनीहरुले आगामी दिनमा समेत क्लवको छवी उच्च राख्न सफल रहोस् भनी शुभकामना दिए

लायन्स क्लव अफ सिर्जना चौतारीका अध्यक्ष कलाधर बाँस्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष एवंम डिष्ट्रिकका वृक्षारोपण कमिटि चियर पर्सन बालकृष्ण बराल, निवर्तमान अध्यक्ष एवं जोन चियर पर्सन बसन्त गिरी, प्रथम उपाध्यक्ष जित बहादुर थापा गोपाल, द्धितिय उपाध्यक्ष जीवन गोर्खाली, सचिव विष्णु गौतम लगायतले बोलेका थिए

कार्यक्रममा निवर्तमान अध्यक्ष बसन्त गिरी आफ्नो कार्यकाल सफल पार्न सहयोग गर्ने क्लबका पदाधिकारी सदस्यलाई सम्मान गरे गिरीले लायन्स अफ दि इयर एवार्डबाट जित बहादुर थापा गोपाललाई सम्मान गरे अन्य पदाधिकारी सदस्यलाइ मायाको चिनो प्रदान गरी हौसला प्रदान गरे

सन् २०१२÷०१३ मा ३३ जना सदस्यबाट सुरु भएको क्लबमा हाल ५० जना सदस्य छन् हाल कलाधर बाँस्तोलाले नेतृत्व गरेको क्लबवलाई बालकृष्ण बराल, विष्णु प्रसाद तिमिल्सिना, विना गुरुङ बसन्त गिरी नेतृत्वको टिमले आफ्नो कार्यकाल मार्फत क्लबको गरिमा उच्च बनाउन सफल भएका थिए यो अवधिमा सिर्जना चौतारीले पाँचवटा क्लव स्पोन्सर गरिसकेको

लायन्स क्लव अफ फेवा वेगनास चौतारी, लायन्स क्लव अफ विरौटा साझा चौतारी, लायन्स क्लब अफ युनिटि चौतारी, लायन्स क्लव अफ युनिक चौतारी लायन्स क्लव अफ सफल चौतारी गरी पाँच क्लब लायन्स क्लव अफ पोखरा सिर्जना चौतारीले स्पोन्सर गरेका क्लब हुन्

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह